तपाईले कहिले ध्यान दिनु भएको छ ? कानको बाहिरी भागका प्वाल हुन सक्छ । यो प्वाल यति सानो हुनसक्छ कि तपाईले यसमा ध्यान दिनु भएको छैन । यदी तपाइलाई विश्वास छैन भने कसैलाई आफ्नो कान देखाउनुस् । तपाईको कानको माथिल्लो भागमा सानो प्वालको निशान पाउनुहुनेछ ।
यसलाई प्रीआरीकुलर साइनल भनिन्छ । धेरै जसो मानिसको यो प्वाल विस्तारै पुरिदैँ जान्छ । तर केही प्रजातीमा दश प्रतिशत भन्दा धेरैको कानको यो प्वाल हराउँदैन ।
यो प्वाल जन्मजात नै हुन्छ । जो कानको बाहिरी हिस्समा देखिन्छ । अध्ययनहरुका अनुसार यो वायाँ कानको तुलनामा दायाँ कानमा धेरै पाइनछ ।
वास्तवमा आमाको पेटमा जब भ्रुणको विकास सही रुपमा हुन सक्दैन तव यो प्वाल बन्न जान्छ । जीव वैज्ञानिक नील शुविनका अनुसार यो माछाको फुल्काको अवशेष हुनसक्छ ।
अमेरिकी नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार यो प्वाल अनुहार र मासु ठीकसँग नजोडिएका कारण बनेको हो ।