Monday , June 27 2022
Breaking News
Home / रोचक / सुन्दै अचम्म लाग्दाे, एउटै औषधिको मूल्य २५ करोड !

सुन्दै अचम्म लाग्दाे, एउटै औषधिको मूल्य २५ करोड !

सुन्दै अचम्म लाग्दाे, एउटै औषधिको मूल्य २५ करोड ! एउटै औषधिको कतिसम्म महँगो होला भनेर साेच्नुस् त एकपटक ?

सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख बढी) पर्छ । स्पाइनल मस्कुलर एट्रोफि (एसएमए) रोगका लागि यो दिइन्छ ।

भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत छिन् । यी सानी नानीको महँगो उपचार यति बेला सामाजिक सञ्जालमा चर्चामा छ । एलिना गुरुङ श्रेष्ठ र डा। सन्दिप श्रेष्ठकी छोरी एलिनाको दुबईमा उपचार भइरहेको छ ।

सियोनालाई ५ महिना हुँदादेखि नै एसएमए रोगको लक्षण देखिएको थियो । यो रोग विश्वको दुर्लभ एंव महँगो मेरु-दण्ड-सम्बन्धी रोग हो । सियोनाका अभिभावकले करिब २० महिनादेखि उनको विभिन्न देशमा उपचार गराइरहेका छन् ।

गत असार ३१ गते उनलाई दुबईको एक अस्पतालमा जोल्जेन्स्म नामक महँगो औषधि दिइएको हो । अन्नपूर्ण

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

नायिका काजलले प्लास्टिक स र्जरी गरेर स्त’ नको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

एजेन्सी । साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक …

Leave a Reply

Your email address will not be published.