Monday , June 27 2022
Breaking News
Home / रोचक / के तपाईंले कहिले याद गर्नुभएको छ ? कपाल र नङ काट्दा किन दुख्दैन ? किन हुनेगर्छ यस्तो ?

के तपाईंले कहिले याद गर्नुभएको छ ? कपाल र नङ काट्दा किन दुख्दैन ? किन हुनेगर्छ यस्तो ?

हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल । हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौं । तर कपाल र नङ काट्दा हामीलाई दुख्दैन । शरीरका अन्य भाग चाहिँ अलिकति मात्र काटियो भने पनि बेस्सरी दुख्छ । किन यसो हुन्छ त ?

शरीरविज्ञानको दृष्टिकोणले हेर्ने हो भने कपाल र नङमा ज्यान नहुनाले यसो भएको हो । कपाल र नङ मृत कोशिकाबाट बनेका हुन्छन् त्यसैले तिनलाई काट्दा दुख्दैन । तर कपाल पूरै मृत कोशिकाबाट बनेको भएपनि नङ चाहिँ यसो पनि होइन ।

तपाईंले याद गर्नुभएको होला, बढेको नङ काट्दा मात्र पीडा नहुने हो तर छालासँग टाँसिएको नङमा चोट लागेमा वा भाँचिएमा पीडा हुन्छ ।पूरै नङ मृत कोशिकाबाट नबनेको बरू बढेका नङ मात्र मृत कोशिकाबाट बनेका हुनाले नदुखेको हो । छालासँग जोडिएका नङ चाहिँ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।

थप् समाचार :मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।

ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ । लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।

लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ । लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ । लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ । लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।

About admin

Check Also

नायिका काजलले प्लास्टिक स र्जरी गरेर स्त’ नको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

एजेन्सी । साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक …

Leave a Reply

Your email address will not be published.