Sunday , May 22 2022
Breaking News
Home / समाचार / पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो माग गर्नुभएको हो ।

पुस २७ गते सरकारी बिदा दिनुको साथै सरकारी स्तरबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउनसमेत राप्रपाले माग गरेको हो ।

अध्यक्ष लिङ्देनले सार्वजनिक बिदाको निर्णय नभए देशव्यापी विरोध गर्ने ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।

‘आगामी पुस २७ गते सार्वजनिक बिदा दिनुको साथै सरकारीस्तर बाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउन हुन राप्रपा सरकारसँग जोडदार माग गर्दछ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यदि उक्त निर्णय नगरिए राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने कुरा पनि यसै ज्ञापन–पत्र मार्फत जानकारी गराउँदछु ।

About admin

Check Also

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन …

Leave a Reply

Your email address will not be published.