त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदाका सन्दर्भमा एक सुचना जारी गर्दै सो अनुसार गर्न आफु अन्तर्गतका शैक्षिक संस्थालाई १५ दिने हिउँदे बिदा दिन निर्देशन दिएको छ । त्रिविले सो अनुसार पुस तेस्रो साताबाट बिदा दिन निर्देशन दिएको हो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिब्र भइरहेको समयमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका निकायहरुमा विद्यार्थीहरुको नियमित पठन पाठन एवं शैक्षिक सत्र प्रभावित नहोस् भन्ने अभिप्रायले जोखिम नियन्त्रणकालागि पूर्वतयारी एवं
सतर्कता अवलम्बन गर्दै हिँउदे तथा बर्षे विदाहरुमा समेत परिस्थिति अनुकुल सम्भव भएसम्म भौतिक उपस्थितिमा र अनलाइनका माध्यमबाट नियमित कक्षा सञ्चालन एवं परीक्षा सञ्चालन लगायतका शैक्षिक गतिविधि सञ्चालन गर्ने व्यवस्था गरिएकोमा चालु शैक्षिक सत्रको हकमा विद्यार्थीहरुको नियमित पठन पाठन,
परीक्षा एवं नियमित शैक्षिक गतिविधिमा प्रतिकूल प्रभाव नपर्ने गरी आ–आफ्नो क्याम्पसमा सञ्चालित कार्यक्रमहरुको शैक्षिक सत्रलाई मध्यनजर गरी २०७८
पौष तेश्रो हप्तादेखि क्याम्पस÷विभागबाटै सूचना प्रकाशन गरी तपशील बमोजिम गर्न÷गराउन कार्यकारी परिषद्को मिति २०७८।०९।०१ को बैठकको निर्णय (निर्णय नं. १२०५) अनुसार सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ