Saturday , May 28 2022
Breaking News
Home / रोचक / पाइलटले विमानमा गरेको घोषणा सुनेर उडानमा रहेकी एक युवती लाजले भुतुक्कै भएको भिडियो बन्यो चर्चित

पाइलटले विमानमा गरेको घोषणा सुनेर उडानमा रहेकी एक युवती लाजले भुतुक्कै भएको भिडियो बन्यो चर्चित

काठमाडौं । आफ्नै प्रेमी पाइलटले विमानमा गरेको घोषणा सुनेर उडानमा रहेकी एक युवती लाजले भुतुक्कै भएको भिडियो अहिले चर्चित छ । इन्टरनेटमा भाइरल यो भिडियोलाई अहिलेसम्म एक करोडभन्दा धेरै पटक हेरिसकिएको छ ।

पाइलट प्रेमीले विमानमा पहिलो पटक चढेकी आफ्नी गर्ल्फ्रेन्डको बारेमा गरेको घोषणाले उनलाई अन्य यात्रु समक्ष लज्जित हुनु परेको थियो । यो भिडियोलाई टिकटकमा सेयर गर्दै हना नामकी एक युवतीले लेखेकी छन्, ‘जब तपाईं पहिलो पटक आफ्नो ब्याइफ्रेन्डको विमानमा उडान भर्नुहुन्छ…’

विमानमा बसेका यात्रुलाई जरुरी सूचना दिनुअघि पाइलटले भनेका थिए- ‘हामीसँग एक जना विशेष व्यक्तिले यात्रा गर्दै छन्, जो मेरी प्रेमिका हुन्, उनको नाम हना हो र उनी सीट नम्बर २’सी’मा बसेकी छन् । त्यसैले, तपाईहरूको यात्रा समाप्त भएपछि मेरो एक काम गरिदिनु होला ।’

त्यसपछि पाइलट ब्वाइफ्रेन्डले आग्रह गर्दै भने, ‘फिस्ट बम्प, हाइ फाइव वा आफ्नो स्न्याक्स, पानीको बोतल दिनुहोस् । धन्यावाद् । हामीसँग यात्रा गर्नु भएकोमा र मास्क लगाउनु भएकोमा धेरै धन्यावाद् । हामी छिटै टेक-अफ गर्नेछौं ।’

यो रोमाञ्चक भिडियोको क्याप्सनमा ती युवतीले लेखेकी छिन्- ‘यो भिडियोलाई रिप्लाई गर्दै मेरा बुबाले भन्नुभयो- कम्तिमा उसले पर्पोज त गरेन । तर, मेरो इच्छा उसले पर्पोज गरोस् भन्ने थियो ।’ करोडभन्दा धेरै पटक हेरिएको यो भिडियोप्रति सामाजिक सञ्जालमा अनेक-अनेक प्रतिक्रिया आइरहेका छन् ।

About admin

Check Also

आज ग्रहणको समयमा रगतको रङमा देखिनेछ चन्द्रमा, हेर्नुहोस् चन्द्रमा हेर्ने समय !

आज अर्थात् जेठ २ गते सोमबार वर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । यो पूर्ण चन्द्र …

Leave a Reply

Your email address will not be published.