Monday , June 27 2022
Breaking News
Home / समाचार / नागढुङ्गाबाट १९ वर्षीय दिपेशको साथबाट यस्तो फेला परेपछि प्रहरीको उड्यो होस्

नागढुङ्गाबाट १९ वर्षीय दिपेशको साथबाट यस्तो फेला परेपछि प्रहरीको उड्यो होस्

काठमाडौं २० पौष । नियन्त्रित लागूऔषध सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका-१ घर भएका २७ वर्षीय कृष्ण यादब र सप्तरी सखुवा गाउँपालिका-४ घर भएका १९ वर्षीय दिपेश कुमार राम रहेका छन् ।

निजहरुलाई काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट विभिन्न प्रकारका ७ सय ५० एम्पुल नियन्त्रित लागूऔषध प्रहरीले पक्राउ गरेको हो ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा कृष्णलाई १ सय ५० एम्पुल नुफिन, १ सय ५० एम्पुल डाईजेपाम र १ सय ५० एम्पुल फेनारगन सहित र दिपेशलाई १ सय एम्पुल नुफिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगन सहित फेला पारी पक्राउ गरेको हो ।

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ३६२२ नम्बरको बसमा सवार कृष्ण र राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-००५-००१ ख ००६५ नम्बरको बसमा सवार दिपेशले लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूउपर थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.