Wednesday , June 29 2022
Breaking News
Home / जीवनशैली / नुहाउनेबित्तिकै नगर्नुहोस् यी गल्ती, कपालको झरा कमजोर हुँदै जाला

नुहाउनेबित्तिकै नगर्नुहोस् यी गल्ती, कपालको झरा कमजोर हुँदै जाला

दिनभर आफुले गर्ने कामहरुको बारेमा ध्यान नदिँदा नै कपाल झर्ने र टुक्रिने समस्या हुने गर्छ ।त्यति मात्र हैन् कपालको स्यहार गर्ने क्रममा थोरै गल्ती गर्दा पनि कतिपय केटा मानिसहरुको त तालो नै खुइलिन्छ।

हेयर एन्ड ब्यूटि एक्सपर्टका अनुसार नुहायो भने कपालको जरा कमजोर भएर झर्ने गर्छ।यस्तो बेला गरेको थोरै गल्तीले पनि कपाल झर्ने र टुक्रिने समस्या बढ्दै जान्छ ।आज हामी तपाईलाई थाहा नभएका नुहाउँदा हुने गल्तीका बारेमा जानकारी दिन गइरहेका छौँ।

१.मालिस गर्नु : नुहाउने बित्तिकै चिसो कपाल कहिल्यै पनि मालिस गर्नु हुँदैन् ।यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ। त्यसैले गर्दा नुहाउने बित्तिकै कपाल मालिस भुलेर पनि नगर्नुहोला।

२.कपाल कोर्नु : नुहाउने बित्तिकै कपाल कोर्नु हुँदैन् । यसो गरेमा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढेर जान्छ।

३.हेयर स्टाइलिङ् मेसिनको प्रयोग: कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन्। जसको प्रयोगले कपालको जरा कमजोर भइ झर्ने र हाँगा आउने समस्याहरु बढेर जान्छ।

४.कपाल बाँध्नु : नुहाउँने बित्तिकै चिसो कपाल बाँध्नु हुँदैन्। जसको कारण कपालमा इन्फिेकसन हुनुको साथै चायाँ बढ्ने कपाल झर्ने जस्ता समस्याहरु बढी हुन्छ।

५.तुरुन्त बाहिर निस्कनु : चिसो कपाल लिएर बाहिर निकस्कनु हुँदैन् जसले गर्दा कपालमा इन्फेकसन हुनुको साथै धुलोहरुको कारण चाँया बढ्छ र कपाल झर्ने समस्या बढ्छ।

About admin

Check Also

रक्षा गरुन,असार १४ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रु र प्रतिस्पर्धीलाई सजिलै …

Leave a Reply

Your email address will not be published.