Sunday , May 22 2022
Breaking News
Home / जीवनशैली / पौष २१ गते बुधबार – यस्तो छ तपाईको भाग्य! आफ्नो राशिफल हेर्नुहोस्

पौष २१ गते बुधबार – यस्तो छ तपाईको भाग्य! आफ्नो राशिफल हेर्नुहोस्

मेषः धार्मिक तथा अध्यात्मिक काममा समय व्यतित गर्न पाउँदा मन शान्त रहनेछ । मध्यान्हबाट तपाईको दिन सुखद हुनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ । साझपख प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

वृषः राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । बिहानै खुशीको खबर पाइनेछ ।

मिथुनः समग्रमा दिन राम्रो भएपनि समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछी परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाईनेछ । साझबाट समय राम्रो रहेकोले प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, बिद्यार्थी तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

कर्कटः दैनिक उपभोग्य वस्तु ब्यापार गर्ने ब्यवसायीहरुको व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ । साझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

सिंहः शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ ।माया प्रेममा पथ प्रगाढता थपिनेछ ।

कन्याः दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । पढाइ रोकिन सक्छ ध्यान दिनुहोला । तपाईको आम्दानीको श्रोत रहेको ब्यवसाय या पेशाबाट सन्तुष्टि मिल्नेछ भने अन्य नाफामूलक क्षेत्रमा गरिएको लगानीले फाइदा दिनेछ ।

तुलाः व्यापारमा मन्दी आउँने तथा लगानी गर्नको लागी केहि समय कुर्नुनै राम्रो हुनेछ । आफन्त तथा चेलि माईतीबीच मनमुटाव सिर्जना हुनेछ । पढाइमा प्रसस्त समय दिएमात्र नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । साना समस्यामा गम्भिर नबन्दा ठुलो बन्न सक्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृश्चिकः साथिसंगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

धनुः स त्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोगलाई जित्दै गर्दै अगाडी बढन् सकिनेछ । साथिभाई तथा ईष्टमित्रबाट सहयोग पाईने हुनाले व्यावसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

मकरः अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपूर्ण उपलव्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कुम्भः राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीनः तपाईले गरिरहेको ब्यवसायमा फाइदा हुँदै जानेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ । साझपख आफन्तसँग मन मुटाब बढ्न सक्छ ध्यान दिनुहोला ।

About admin

Check Also

पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ, पढेर सेयर गर्नुहाेला

पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ । आयुर्वेदमा …

Leave a Reply

Your email address will not be published.