Saturday , May 28 2022
Breaking News
Home / मनोरंजन / ऐश्वर्या राय भनेर तपाई पनि झुक्किनुभयो ? को हुन् यि ऐश्वर्या जस्तै देखिने यी युवती

ऐश्वर्या राय भनेर तपाई पनि झुक्किनुभयो ? को हुन् यि ऐश्वर्या जस्तै देखिने यी युवती

एजेन्सी । विश्वकै सुन्दर अभिनेत्रीमध्येकी एक ऐश्वर्या राय बच्चनको सुन्दरताले जो कसैलाई पनि आकर्षित गर्छ । तर जब ऐश्वर्याको जस्तो देखिने तस्विर र भिडियो इन्टरनेटमा देखा परेका छन् जसले मानिसलाई विश्वास गर्न कठिन बनाएको छ । यि नयाँ ऐश्वर्या रायको नाम आमना इमरान हो र उनी पाकिस्तानकी हुन् ।

ऐश्वर्या जस्तै देखिने आमना फेरी भइन् भाइरल
नयाँ वर्षको अवसरमा ऐश्वर्या राईजस्तै देखिने आमना इमरानले आफ्ना भिडियो र तस्बिर पोस्ट गर्दा एकपटक फेरि सोसल मिडिया प्लेटफर्ममा हावी भइन् । आमनाको सौन्दर्य र ऐश्वर्या जस्तो देखिने भएकाले उनी इन्टरनेटको दुनियामा निकै चर्चित भइन् । धेरै प्रयोगकर्ताले उनको तस्बिर र भिडियोमा कमेन्ट गर्दै ऐश्वर्या राई भनेका छन् ।

आमनाको नयाँ तस्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले उनको प्रशंसा गर्दै भने( ऐश्वर्या जस्तै। माशाल्लाह। उनको भिडियोमा अर्का एक प्रयोगकर्ताले कमेन्ट गरे– तिमी ऐश्वर्या राय जस्तो देखिन्छौ ।

यसै क्रममा अर्का एक प्रयोगकर्ताले आमनाको नयाँ वर्षको भिडियोमा कमेन्ट गर्दै उनलाई नयाँ वर्षको शुभकामना दिएका छन् । प्रयोगकर्ताले लेखेका छन्( नयाँ वर्षको शुभकामना ऐश्वर्या राय मैम।

को हुन् ऐश्वर्या रायजस्तै आमना ?
आमना इमरान पाकिस्तानी ब्लगर हुन्। आमना ऐश्वर्या राय जस्तै देखिन्छिन् । ऐश्वर्या राईजस्तो लुकका कारण आमनाका तस्बिर र भिडियोहरूले इन्टरनेटमा हावी छिन् । आमनाका इन्स्टाग्राममा २६ हजारभन्दा बढी फलोअर्स छन् । उनका भिडियोहरु पनि निकै रुचाइएका छन् ।

About admin

Check Also

यसै त गर्मी, त्यसमाथि नम्रता मल्लको फोटोसुट !

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो …

Leave a Reply

Your email address will not be published.