आगामी बिहीबार र शुक्रबारको विशेष बिदापछि शनिबार र आइतबारको नियमित छुट्टी परेकाले परिवारसँग समय बिताउनेगरी भारतमा सरकारी कर्मचारीहरूलाई दुई दिन विशेष बिदा दिने निर्णय भएको छ ।
असम राज्यले राज्यभित्रका सरकारी कर्मचारीहरूलाई आफ्नो परिवारसँग रमाइलोसँग समय बिताउन भन्दै जनवरी ६ र ७ का दिन विशेष बिदा दिने निर्णय गरेको हो ।
आगामी बिहीबार र शुक्रबारको विशेष बिदापछि शनिबार र आइतबारको नियमित छुट्टी परेकाले उनीहरुलाई परिवारसँग रमाउन चार दिनको बिदा उपलब्ध हुने भएको छ ।
असम सरकारले दुई दिनको विशेष बिदा दिने निर्णय गत नोभेम्बरमै गरेको थियो ।भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप दिन अभियान सुरु
भारतमा १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई कोरोना विरुद्धको खोप दिन अभियान सुरु भएको छ । खोप केन्द्रमा खोप लगाउनेहरुको भीड बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
खोपका लागि अस्तिदेखि रजिस्ट्रेसन सुरु भएको थियो । अहिलेसम्म झण्डै १० लाख बालबालिका तथा किशोरकिशोरीले खोपका लागि नाम दर्ता गराएका छन् ।
भारतमा अहिले कोरोनाको तेस्रो लहर फैलिरहेको छ । यसले गर्दा जोखिम बढेको भन्दै १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई खोप दिन अभियान थालिएको हो ।
यस्तै, त्यहाँ पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ हजार ७५० नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमणसँगै भारतमा नयाँ संक्रमितको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । अघिल्लो २४ घण्टामा भारतमा १७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए।
महाराष्ट्रमा सबैभन्दा धेरै ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यस्तै केरलामा करिब ३ हजार नयाँ संक्रमित थपिएका छन्। कर्नाटक र तामिलनाडुमा पनि एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण भारतमा १२३ जनाको मृत्यु भएको छ।