ललितपुर महानगरपालिका–१० कुपण्डोलमा बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल दु-र्घटना हुँदा एक जनाको मृ- त्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको मृ- त्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भई विद्युतको पोलमा ठो’ क्कि’- एर दु- र्घटना भई स-ख्त घा- इते तामाङको उपचारको क्रममा पाटन अस्पतालमा मृ- त्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । दुर्घटनाबाट मोटरसाइकल चालक गोदावरी नगरपालिका–७ बुरुमचुलीका ३६ वर्षीय दिपेश तामाङ घा-इते छन् । घा-इतेको सोही अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।
त्यस्तै कलंकीमा मोटरसाइकल दु-र्घटना हुँदा एक जनाको मृ- त्यु भएको छ। दु-र्घटनामा अर्का एक युवा घा-इते भएका छन्। स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको कलंकीको सब वे मा प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल दु-र्घटनामा परेको हो ।
दु-र्घटनामा मोटरसाइकलको पछाडि सबार धादिङ घर भइ काठमाडौँको नैकाप बस्ने २७ वर्षीय सोफिया श्रेष्ठको मृ- त्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलका चालक गोरखा घर भएका ३१ वर्षीय रामशरण ढकाल घा- इते भएका छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।