दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ ।
विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
कोरोनाको दर तीव्र रुपमा बढ्न थालेपछि संक्रमनको चेन ब्रेक गर्नका लागि उपमनहागर भरिका सबै बिद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।
यो पनि पढ्नुहोस
इटलीबाट भारत आएको विमानका १२५ यात्रु संक्रमित, १३ जना फरार
नयाँ दिल्ली । भारतमा इटालीबाट आएको एउटा विमानमा सवार यात्रुमध्ये १२५ यात्रुमा कोभिड संक्रमण देखिएको छ। इटालीको मिलानबाट भारतको अमृतसार आएको विमानका संक्रमितमध्ये १३ यात्रु क्वारेन्टिन नबसी भागेका छन्।
नौ जना विमानस्थल र अन्य चार जना एउटा स्थानीय अस्पतालबाट भागेका हुन्। उनीहरुविरुद्ध सरकारले उजुरी हाल्ने तयारी गरेको छ।
सो विमानमा १६० यात्रु थिए। उनीहरुमध्ये बालबालिका र शिशु गरी १९ जनाको भने कोभिड परीक्षण गरिएको थिएन्।
संक्रमितलाई अस्पताल लैजान विमानस्थलमा एम्बुलेन्सहरु लाइनमा राखिएका थिए । सबै संक्रमितलाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको थियो ।
उनीहरु स्वास्थ्यकर्मीलाई छक्काएर भागेको अधिकारीहरुले जनाएका छन्। अस्पतालबाट भाग्ने संक्रमितको पासपोर्ट रद्द गर्ने प्रहरीले तयारी गरेको छ।