Sunday , May 22 2022
Breaking News
Home / रोचक / के आमा बन्दै छिन् अभिनेत्री आँचल शर्मा ?

के आमा बन्दै छिन् अभिनेत्री आँचल शर्मा ?

काठमाडौँ। तेलुगु चलचित्र ‘हिट म्यान’ को टिजर रिलिज कार्यक्रममा अभिनेत्री आँचल शर्माले आमा बन्दै गरेको विषयमा बोल्दै अहिले सन्तानको विषयमा कुनै योजना नबनाएको बताएकी छन्।

त्यस्तै उनले आफू सलमान खानको फ्यान भएको, सलमानभन्दा आफ्ना श्रीमान् राम्रो लाग्ने बताएको विषयमा ट्रोल बन्न थालेको उनले बताएकी छन्। उनलाई यस प्रकारको ट्रोलले केही फरक नपर्ने समेत बताएकी छन्।

त्यस्तै , अभिनेत्री आँचल शर्मा अब तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी छन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

केही दिन अगाडि सो फिल्मको पोखरा र काठमाडौमा पनि १५ दिनसम्म छायाङ्कन भएको थियो । फिल्ममा आँचलको मुख्य भूमिका छ । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी छन् ।

विष्णुले नै निर्देशन गरेको फिल्मको १० प्रतिशत मात्र छायाङ्कन बाँकी रहेको र त्यो भारतको हैदरावादमा हुनेछ । नेपाल र भारत दुवै देशमा रिलिज हुने बताइएको फिल्मको कथा नै नेपाल र भारतसँग जोडिएको छ ।

फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् । हैदरावादमा हुने फिल्मको प्रिमियरमा आफू पनि सहभागी हुने आँचलले बताएकी छन् । फिल्म आउँदो मार्चमा रिलिज हुनेछ

About admin

Check Also

आजबाट सुरु भयो ‘राज पञ्चक’: भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अनिष्ट हुनसक्छ !

आजबाट सुरु भयो ‘राज पञ्चक’: भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अनिष्ट हुनसक्छ ! आज अर्थात …

Leave a Reply

Your email address will not be published.