इन्टरपोलबाट रेड नोटिस जारी भएका प्रेमिकाका आमा–बुबा हत्या गरेर साउदी गएका गोविन्द मगर इन्टरपोलकै सहयोगमा प्रहरीले पक्राउ गरेको हो । उदयपुरका मानबहादुर तामाङ र उनकी श्रीमती हर्कमायाको हत्या अभियोग उनीमाथि छ ।
आफूसँग प्रेम–सम्बन्ध भएकी छोरीको अरूसँग विवाह गरिदिएको रिसमा उनले युवतीका आमा–बुबाको बीभत्स हत्या गरेका थिए । मगरले सुरुमा मानबहादुरमाथि आक्रमण गरेका थिए । हर्कमाया रोक्न आउँदा उनको समेत हत्या गरेका थिए । घटनापछि फरार मगरविरुद्ध गत वर्ष माघमा रेड नोटिस जारी भएको थियो । उनलाई लिन नेपाल प्रहरीको टोली साउदी अरब जान लागेको प्रहरी स्रोतले जनाएको छ ।
६ देशमा प्रहरी सहचारी खटाउन प्रस्ताव अन्तरदेशीय प्रकृतिका अपराधको सहज अनुसन्धान र नियन्त्रणका लागि ६ देशमा प्रहरी कन्सुलर राख्न नेपाल प्रहरीले पुनः प्रस्ताव गरेको छ । मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई)मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
त्यस्तै, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको कार्यालयमा पनि सहचारी खटाउन प्रस्ताव गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दर्जाको सहचारी खटाउन प्रहरीको प्रस्ताव छ । प्रहरीले पटक–पटक यस्तो प्रस्ताव गरे पनि सरकारले निर्णय गरेको छैन । हाल भारतको नेपाली दूतावासमा मात्र नेपाल प्रहरीका सहचारी छन् ।
खासगरी, धेरै नेपालीको बसोवास रहेको देशमा सहचारी खटाउन प्रस्ताव गरिएको छ । ती देशसँग मानव तस्करी, हुन्डीलगायतका अपराधको अनुसन्धानमा पनि सहज हुने प्रहरी अधिकारीहरूको भनाइ छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहजीकरणका लागि स्थायी प्रतिनिधिको कार्यालयमा सहचारी खटाउन प्रहरीले प्रस्ताव गरेको जनाएको छ । नयाँ पत्रिका बाट