Sunday , May 29 2022
Breaking News
Home / समाचार / हिमालयन रोडिज् : ड्रग्स खाउँ, जज बनौँ !

हिमालयन रोडिज् : ड्रग्स खाउँ, जज बनौँ !

काठमाडौँ : हिमालयन रोडिज्। थिम नै युवामा सकारात्मक संचार। तर अहिले यसका जजमध्ये एक प्रहरी हिरासतमा छन्। त्यो पनि ब्राउन सुगरको केसमा। तर प्रशारण भइरहेको कार्यक्रममा उनी जज नै छन्।

लाहुरे। जो पोखरा प्रहरीको हिरासतमा छन् तर रोजिडको सोमवार प्रसारण भएको कार्यक्रमसम्म पनि जज छन् उनी। हिमालयन टेलिभिजनमा कार्यक्रम प्रशारण भइरहेको छ।

कार्यक्रम निर्माताले त सुटिङ भयो सकिन्न भन्न सक्छन्। तर टेलिभिजनले पनि आफ्नो शाख हेरेको देखिएन। पोखरा अडिसनको एपिसोड प्रशारण हुँदा नि र्यापर लाहुरे प्रहरी हितासतमै थिए। त्यसमा नेपालगन्जको अडिसनमा पनि लाहुरे जज नै छन्।

प्रहरीले १५ दिन म्याद थपेको छ हिरासतको। कानुन अनुसार ९० दिन थुन्न सक्छ। यसको आधारमा अझेै धेरेै एपिसोडमा हिरासतका लाहुरे जज नै हुने देखियो।

पोखरा अडिसन त इमर्जेन्सी भयो। पक्राउ लगत्तै रिसुट गर्न समय नभ्यान सक्छ। तर दोस्रो साताको कार्यक्रममा पनि निर्णायकै राखेर प्रशारण गर्नु लाजमर्दो नै देखियो।

समातिएका चार जनामध्ये उनी र अर्का एक जनामाथि प्रयोगकर्ताको आरोप छ। अनुसन्धानमा पनि यही देखिए उनी अदालतबाट धरौटीमा रिहा हुन सक्छन्। नत्र कारागार चलान हुने सम्भावना नि छ। पहिल्यै सुट गरेको भनेर अब लाहुरे जेल परे पनि जज बनाएरै कार्यक्रम प्रशारण गर्ने?

About admin

Check Also

दु:खद खबर ! पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ …

Leave a Reply

Your email address will not be published.