Sunday , May 22 2022
Breaking News
Home / रोचक / सुतेको नाटक गरेर “पुन्य गौतमले मागे टिकटक लाइभ बाट लाखौ “भिख” काला चस्माको औतारमा

सुतेको नाटक गरेर “पुन्य गौतमले मागे टिकटक लाइभ बाट लाखौ “भिख” काला चस्माको औतारमा

काठमाडौं। कलाकार जयकिशन बस्नेत हरेक रात टिकटक लाइभमा देखिन्छन्। उनको लाइभमा फलोअर्स पनि सयौं हुन्छन्।भ्यूअर्ससँग जयकिशन अनुरोध गर्छन् – ‘प्लिज मलाई चस्मा लगाईदिनुस्’। यत्तिमा उनी रोकिँदैनन्। उनी माग्दै जान्छन्, ‘मलाइ कार दिनुस्, मेरो स्क्रिनमा रकेट उडाइदिनुस्।’

जयकिशनले मागेको चस्मा, कार र जेट विमान टिकटकमा पाइने क्वाइन हो। गिफ्ट अनुसार क्वाइनको मूल्य फरक फरक पर्छ। गुलाब र टिकटकको लोगो गिफ्ट पाउँदा एक क्वाइन पाइन्छ। चस्माको १९९ क्वाईन, मोटरसाइकलको २९८८, कारको ७०० र रकेटको २० हजार क्वाईन पाइन्छ। यस्ता अरू पनि गिफ्ट हुन्छन्, धेरै-धेरै क्वाइनका।

त्यसरी पाइने क्वाइनलाई डलरमा रूपान्तरण गर्न मिल्छ। त्यसैले पैसा पाउनकै लागि उनले आफ्नो लाइभका भ्यूअर्ससँग गिफ्टका लागि अनुरोध गरेका हुन्। उनी घण्टौँसम्म टिकटक लाइमा यसरी नै बिताउँछन्। कमेन्ट सेसनतिर हेर्दा प्रशस्तै यस्ता कमेन्ट देखिन्छन्- ‘तपाईंलाई लाज लाग्दैन लाइभ आएर भिख माग्न ?’

तर उनले ती कमेन्टलाई पूर्ण रूपले बेवास्ता गरिरहेका हुन्छन्। चल्तीकी कलाकार वर्षा राउत पनि केही समयअघि टिकटक लाइभमा खुबै आउँथिन्। एकपटक कुकुरलाई साथ लिएर उनले भनिन्, ‘गाइज मेरो पप्पीलाई चश्मा लगाइदिनुस् त प्लिज।

यसरी टिकटकमा लाइभ आएर ‘भिख मागेको’ भन्दै खिल्ली उडाइएपछि उनी लाइभमा देखिन छाडेकी छिन्।यस्तै कलाकार तथा मोडल सुष्मा कार्की पनि टिकटकमा लाइभमा आएर गिफ्ट मागिरहेको हुन्छिन्।

हाँस्य टेलिसिरियल ‘सक्कीगोनी’का चर्चित पात्र ‘काकु’ अर्थात्, दीपक आचार्य, ‘सीते बा’ अर्थात् मधुसूदन पाठक समेत लाइभमा देखिन्छन्। हाँस्य कलाकार राजाराम पौडेलदेखि ‘बान्द्रे’ नामले परिचित सुरज चापागाईँ पनि सधैंझै लाइभमा आउँछन्। उनीहरूले गिफ्ट सिधै मागेको देखिँदैन। तर, अपेक्षा भने राखेको देखिन्छ।

यही भिडमा छन् कलाकार करिस्मा ढकाल र अञ्जली अधिकारी पनि। उनीहरू समेत आफ्ना भ्यूअर्ससँग गिफ्ट माग्न पछि पर्दैन। टिकटकबाटै मोडलिङमा आएकी श्रेया सिटौला पनि सधैँजसो टिकटक लाइभमा देखिइरहेकी हुन्छिन्। आफ्ना भ्युअर्सलाई फकाइफकाई गिफ्ट माग्न माहिर छिन् उनी।यता लोक गायिका चन्दा अर्याल र गायिका मधु क्षेत्री पनि हरेक राती लाइभमा गिफ्टको अनुनय गरिरहेका हुन्छन्।

युट्युब रियालिटी सो भनेर चलाइएको ‘द ब्लाइन्ड डेट’ की सहभागी समेत रहेकी कलाकार शिलु पोखरेल पनि टिकटक लाइभमा गिफ्ट माग्नेमध्ये अग्रपंक्तिमा पर्छिन्। ‘मेरा मुटुका धड्कनहरू मलाई गिफ्ट फाल्नुहोस्’ भन्ने त उनको थेगो नै छ।

हालै टिकटकबाट उदाएका पुण्य गौतमसमेत पैसाकै लागि दिनरात लाइभमा देखिन्छन्। सामाजिक अभियन्ता बताउने गौतमले टिकटकमा लाइभ गरेर दुई महीनामै २० लाखभन्दा बढी कमाई गरेको बताउँछन्। गिफ्ट माग्न अनेक हर्कत गर्छन् उनी।

केही महिनाअघि टिकटक लाइभबाट गिफ्ट झार्न कै लागि चटक गर्दा कलाकार दुर्गेश थापा र मोडल गरिमा शर्मा विवादमा आएका थिए। गेम खेल्ने क्रममा आफूहरू पूर्वप्रेमी प्रेमिका भएको भन्दै अभिनय गरे। एकले अर्कोको कुरा काट्न थाले पछि त्यही कुराकानीबाट एउटा क्लिप काटेर सामाजिक सञ्जालमा भाइरल भयो। लाइभ भ्यूअर्स बढाउन र गिफ्ट पाउनै लागि चटक देखाएको भन्दै आलोचना भयो।

उनी मात्र होइन कञ्चनपुरका अंशुवर्मा नामका एक युवाले पनि टिकटकबाटै महिनामा लाखौँ कमाउने दाबी गर्दै आएका छन्। टिकटक एप्स खोल्दा उनको लाइभ अपवाद बाहेक सधैँ देखिन्छन्। उनको उनले पेसा नै टिकटक लाइभ बनाएका छन्। काभ्रेकी मन्दिरा पनि टिकटकको लाइभ बटममा गएर स्क्रोल गर्दा प्रायजसो भेटिइरहन्छिन्।

भिडिओ बनाएर सार्वजनिक गर्ने सामाजिक सञ्जाल टिकटकमा अचेल यसैगरी सामान्य मानिसदेखि नाम चलेका कलाकारहरू गिफ्ट भन्द पैसा माग्ने गरेको देखिन्छ। यसबाट उनीहरूले लाखौँ कमाउने गरेका बताउँदै आएका छन्। पछिल्लो समय टिकटकबाट करोड कमाए भन्दै केही युजरहरू मिडियामा आएपछि कलाकारहरू समेत कसले बढी कमाउने भन्ने होड चलेको छ। अधिकांशले सिर्जनात्मक प्रस्तुतिभन्दा अन्टसन्ट बोल्ने र तल्लो स्तरका शब्द बोल्दै भ्यूअर्स अडाउने गरिरहेका भेटिन्छन्। श्रोत नेपाल भियुज

About admin

Check Also

आजबाट सुरु भयो ‘राज पञ्चक’: भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अनिष्ट हुनसक्छ !

आजबाट सुरु भयो ‘राज पञ्चक’: भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अनिष्ट हुनसक्छ ! आज अर्थात …

Leave a Reply

Your email address will not be published.