Sunday , May 29 2022
Breaking News
Home / स्वास्थ्य / यी हुन् ओ’मिक्रोनका प्रमुख लक्षण, यस्तो देखिए तुरुन्त परीक्षण गर्नुहोस्

यी हुन् ओ’मिक्रोनका प्रमुख लक्षण, यस्तो देखिए तुरुन्त परीक्षण गर्नुहोस्

काठमाडौं : संसारभरी ओ’मिक्रोनको गति तीब्र रुपमा बढिरहेको छ। यो भेरियन्टको चपेटमा आइरहेका बिरामीले विभिन्न प्रकारको लक्षणबारे जानकारी दिइरहेका छन् ।

डाक्टरका अनुसार कोरोनाको प्रमुख लक्षणबाहेक यस्ता पनि केही लक्षण छन् जुन देखिएको खण्डमा तुरुन्त को-भिड परीक्षण गर्नु पर्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड

प्रिभेन्सन (सीडीसी) ले हालै छाला, नङ र ओठको रङ फेरिनु पनि ओ’मि क्रोनको लक्षण भएको जानकारी दिएको छ । हेल्थ एजेन्सीका अनुसार यस्तो हुँदा को-रोनाको तुरुन्तै परीक्षण गर्नुपर्छ ।

ओ’मिक्रोनको यी लक्षण देखिए सतर्क रहनुहोस् : सीडीसीका अनुसार ओ’मिक्रोनद्वारा सं’क्रमित व्यक्तिमा विभिन्न प्रकारका लक्षण देखिएका छन् । भाइ’रसको एउटा लक्षण हो छाला, नङ र ओठको रङ फेरिनु । सिडिसीले छाला, नङ र ओठ पहेँलो, खैरो वा निलो हुनुले र’गतमा अक्सिजनको कमीलाई देखाउने बताएको छ।

को-रोना हुँदा र’गतमा अक्सिजनको कमी हुन्छ, यस्तोमा यी लक्षण देखिँदा अनुसन्धान गर्न अत्यावश्यक छ।यी समस्या सहित सास फेर्न समस्या हुनु, शरीर दुख्नु, छा’तीमा दबाब महसुस हुनु, भ्र’मित हुनु र लगातार निद्रा लाग्नु पनि ओ’मिक्रोनको लक्षण हुनसक्छन् ।

ओ’मिक्रोनका प्रमुुख लक्षण : सीडीसीलाई मान्ने हो भने शरीरमा भाइरस प्रवेश भएको २ देखि १४ दिनपछि लक्षण अनुभव हुन्छ । यसले साधारण देखि ग’म्भीर सम’स्या निम्त्याउन सक्छ ।

रुघा, खोकी, घाँटीमा खसखस, ज्वरो, सास फेर्न सम’स्या, मांसपेशी दु’ख्ने, टाउको दुख्ने, स्वाद र गन्ध नआउनु को-रोनाको प्रमुख लक्षणमा समावेश छ ।

ब्रिटेनको जेडओई को-भिड स्टडी एपका अनुसार कब्जियत, झाडा, ब्रेन फग, सुत्नेबला पसिना आउनु, आँखा सुन्निनु र छालाको कुनै पनि भागमा बिमिरा आउनु पनि ओ’मिक्रोनको लक्षण हो ।

About admin

Check Also

वीर्य भण्डारण र दान : पछिका लागि वा निसन्तान दम्पतीमा निकै प्रभावकारी (भिडियो सहित)

वीर्य तथा अण्ड भण्डारणका पनि केही विधि र अवस्थाहरू छन् । जस्तो, रेडियोथेरापी र किमोथेरापी …

Leave a Reply

Your email address will not be published.