काठमाडौं । यामाहाको चर्चित इन्ट्री लेवल पर्फमेन्स मोटरसाइकल एमटी १५ को २०२२ भर्सन सार्वजनिक हुने भएको छ । कम्पनीले २०२२ भर्सनमा धेरै फिचरहरु थप गरेर ल्याउने भएको हो । कम्पनीले यामाहा एमटी १५ को २०२२ भर्सनमा यामाहाको नयाँ मोटरसाइकल आर १४ भी ४ मा जस्तै धेरै फिचर दिने अनुमान गरिएको छ ।
यामाहा एमटी १५ मा थप हुने फिचर मध्य यसको कन्सोल हुनेछ । यसमा ब्लुटुथ बेस कनेक्टिभिटी फिचर रहने छ । कम्पनीले हालै मात्र आर १५ भी ४ मा समेत यसको प्रयोग गरेको छ । आर १५ भी ४को कन्सोलमा ट्रयाक्सन कन्टोल अन÷अफ, गियर पोजिसन, गियर सिफ्टिङ टाइमिङ, राइडिङ मोड, ल्याप टाइमिङ, एभरेज माइलेज, एभरेज स्पीड, इन्जिन टेम्प्रेचर जस्ता जानकारी पाउन सकिन्छ ।
चालकले आफ्नो स्मार्ट फोनलाई वाई कनेक्ट एपमार्फत कनेन्ट गर्न सक्नेछन् । यसमा कल अर्लट, एमएमएस अर्लट, इमेल नोटिफिकेसन, ब्याट्री लेभल, एप कनेक्टिभिटी स्टाटस जस्ता फिचर उपलब्ध रहेको छ ।
वाइ कनेक्टमार्फत फ्युल खपत ट्र्याकिङ, लास्ट पार्किङ लोकेसन, रेभ ड्यासबोर्ड, मालफङ्सन नोटिफिकेशन, सर्भिस अर्लट, राइड एनालाइटिक जस्ता जानकारी पाउन सकिन्छ
त्यस्तै अर्को मुख्य फिचरको रूपमा यसमा यूएसडी फर्क हुने अनुमान गरिएको छ । हाल यसको फ्रन्टमा स्टान्डर्ड टेलिस्कोपिक फर्क र रियरमा मोनोक्रस सस्पेन्सन रहेको छ । त्यस्तै अर्को फिचरको रूपमा डबल च्यानल एबीएस हुने अनुमान गरिएको छ । हाल यसमा सिंगल च्यानल एबीएस दिइएको छ ।
यसमा कुनै मेकानिकल परिर्वतन भने हुने छैन् । एमटी १५ मा १५५ सीसी लिक्विड कुल्ड ४ भल्भ भीभीए इन्जिन दिइएको छ । यसले १८।५ पीएस पावर तथा १३।९ एमएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।
२०२२ भर्सन यामाहा एमटी १५ को मूल्य भारतीय बजारमा १० हजार रुपैयाँ वृद्धि हुने अनुमान गरिएको छ ।