Sunday , May 22 2022
Breaking News
Home / समाचार / स्कुल, व्यापारिक क्षेत्र लगाएत यी ठाउँहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय

स्कुल, व्यापारिक क्षेत्र लगाएत यी ठाउँहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय

सुर्खेतमा आज राती १२बजे देखी स्मार्ट लकडाउन हुने भएको छ । शनिवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजाल द्वारा हस्ताक्षरीत एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफरिस एवं गृह मन्त्रालयको निर्णय संक्रामक रोग एन २०२० को दफा २ ले दिएको अधिकार र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सुर्खेत जिल्लामा आज राती १२ बजे देखी अर्को सुचना जारी नभए सम्म स्मार्ट लकडाउनको घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार २५ जना भन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत भनिएको छ ।

आवश्यक कार्यक्रम संचालन गर्नका लागि प्रशासनको अनुमती लिनुपर्ने, माघ १५ गते सम्म सम्पुर्ण शैक्षीक संस्थाहरुहरु बन्द गर्नुपर्ने, विद्यालय र शैक्षकि संस्थाको परिक्षा भने सुरक्षाका मापदण्डहरु पालना गरी गर्न सकिने प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

आदेशमा तोकिए अनुसार नियमको पालना नगरेको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

About admin

Check Also

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन …

Leave a Reply

Your email address will not be published.