Wednesday , June 29 2022
Breaking News
Home / समाचार / जापान जाने नेपालीका लागि भोलिदेखि नै लागू हुनेगरी लगाइयो यस्तो अनिवार्य नयाँ नियम

जापान जाने नेपालीका लागि भोलिदेखि नै लागू हुनेगरी लगाइयो यस्तो अनिवार्य नयाँ नियम

टोकियो । जापान जाने नेपालीका लागि भोलिदेखि नै लागू हुनेगरी अनिवार्य नयाँ नियम लगाइएको छ । आइतबार मध्यरातदेखि जापान प्रवेश गर्ने नेपालीले अनिवार्य तीन दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

जापानले हिजो कोरो ना रो कथामसम्बन्धी नीतिहरुमा संशोधन गर्दै नेपालबाट जापान प्रवेश गर्नेहरुले पनि तीन दिन सरकारले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्र मणको जो खिम नेपालमा पनि रहेको भन्दै जापानले नेपालबाट जापान प्रवेश गर्नेहरुका लागि नयाँ नीति लागू गर्न लागेको हो । संशोधित नीति १६ तारिखदेखि लागू हुनेछ ।

जापानले कोरो ना संक्र मणलाई रोक्न हाल लागू गरिएको सिमा नियन्त्रणसम्बन्धी नीतिहरुमा परिवर्तन गरेसंगै भारत, थाइल्याण्ड, मेक्सिको र मंगोलियाबाट जापान प्रवेश गर्नेहरुले पनि तीन विमानस्थलको सरकारी क्वारेन्टिनमा बस्नुपर्नेछ ।

जापानले अघिल्लोपटक क्वारेन्टिन नीति परिवर्तन गर्दा भारतको तामिल, केरालालगायत दिल्लीका केही भागहरुलाई लक्षित गर्दै ३ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो ।

अब नयाँ नीतिअनुसार तीन दिन क्वारेन्टिन बसेपछि १० दिन होम आइशोलेसनमा बस्नुपर्नेछ । यसअघि १४ दिन आइशोलेसमा बस्नुपर्ने नियम थियो । जापानले मान्यता दिएका खोप लगाएकाहरुले भने क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.