Sunday , May 29 2022
Breaking News
Home / समाचार / काठमाडौँको एयरपोर्ट नजिकै अचम्म भयो : बिदेशबाट फर्केका अजय रुँदैरुँदै घर जानुपर्‍यो

काठमाडौँको एयरपोर्ट नजिकै अचम्म भयो : बिदेशबाट फर्केका अजय रुँदैरुँदै घर जानुपर्‍यो

काठमाडौँ । विदेशबाट ल्याएको सुन र मोबाइल सिनामंगलमा लुटपाट भएको छ। विदेशबाट फर्किएका सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी लुटिएका हुन्।

कतारबाट फर्केका चौधरीलाई बिहीबार राति ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका हुन्। चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआइडी हौं’ भन्दै रोकेर आरोपीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोबाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका हुन्।

लुटमा संलग्नहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले बताए। मोटरसाइकलमा आएका ४ जनाले विमानस्थलदेखि नै फलो गरेर उनलाई लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यस्तै, ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। चोरी आरोपमा प्रहरीले रामेछाप घर भई ललितपुरको गोदावरी नगरपालिका टौखेल बस्ने २४ वर्षीय बिराट राई, २३ वर्षीय विशाल तामाङ र १४ वर्षीय बालक समेत पक्राउ परेका छन्।

उनीहरूले ललितपुर महानगर वडा १९ कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, केकेएफसी रेष्टुरेण्ट, लाइट फोटो स्टुडियो, कोपिके लाफिङ सेन्टर नामक होटलमा चोरी गरेको आरोप छ।

त्यस्तै, टौखेलस्थित रिता थापा क्षेत्रीको घरबाट समेत चोरी गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

उनीहरूबाट चोरीका चकलेट, चुरोट, नगद, जुत्ता, क्यामेरा, मूर्तिलगायत बरामद गरिएको छ। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

About admin

Check Also

ऋणबाट मुक्त हुन घरको यो स्थानमा राख्नुहोस मयुरको प्वाँख

भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको …

Leave a Reply

Your email address will not be published.