Sunday , May 22 2022
Breaking News
Home / समाचार / के भयो अभिनेत्री श्वेता खड्कालाई ?

के भयो अभिनेत्री श्वेता खड्कालाई ?

नेपालमा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै कलाकारहरु पनि यसको चपेटामा पर्न थालेका छन् । यसैक्रममा, अभिनेत्री तथा ‘विजनेश वुमन’ श्वेता खड्कालाई संक्रमण पुष्टि भएको छ । उनले मंगलवार सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी गराएकी हुन् । उनले सबैलाई सर्तक र सुरक्षित रहन आग्रह गरेकी छन् ।

फिल्म ‘कहाँ भेटिएला’ बाट अभिनय करिअर सुरु गरेकी श्वेताले ‘श्रीमान् श्रीमती, कोहिनूर, हाँसी देऊ एक फेर’ फिल्ममा अभिनय गरिसकेकी छन् । उनले तीन वर्ष अगाडि आफ्नै लगानीमा बनाएको फिल्म ‘कान्छी’ लिएर दर्शकमाझ आएकी थिइन् । उनी फेरि आफ्नै लगानीमा नयाँ फिल्म बनाउने तयारीमा छिन् । उनले निर्देशक यम थापाको एक फिल्म साइन गरेको पनि जानकारीमा छ ।

गत वर्षको मंसिरमा विजन्द्र सिंह रावतसँग दोस्रो विवाह गरेकी अभिनेत्री खड्काले विभिन्न व्यवसायहरुमा समेत हात हालेकी छन् । उनले हिमालयन जाभा (कफी सप) को राजधानीमा विभिन्न ठाउँमा आउटलेट खोलेकी छन् । महामारीकै समयमा उनले ‘अल्टिमोडल’ अनलाइन सपिङ पनि सञ्चालनमा ल्याएकी थिइन् । होटल, कन्स्ट्रक्सन लगायतको क्षेत्रमा पनि उनको लगानी छ । फाइल तस्विर

About admin

Check Also

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश …

Leave a Reply

Your email address will not be published.