Sunday , May 29 2022
Breaking News
Home / समाचार / फेरी एक हप्ता कार्यालय हरू बन्द? हेर्नुहोस् कुन् कुन् हुन् ती कार्यालय।

फेरी एक हप्ता कार्यालय हरू बन्द? हेर्नुहोस् कुन् कुन् हुन् ती कार्यालय।

काठमाडौ । कोभिडको तेस्रो लहरले उच्च पदस्थहरुलाई प्रभावित बनाएको छ । नेताहरु हुँदै अहिले विभिन्न कार्यालयका कर्मचारीहरु संक्रमित भएका छन् ।

राजधानीमा सिंहदरवार, प्रधानमन्त्री कार्यालय तथा सर्वोच्च अदालतका कर्मचारीहरु संक्रमित भएका छन् ।

सीसीएमसीका अध्यक्ष सहित प्रधानमन्त्री कार्यालयका ४० कर्मचारी संक्रमित भएका छन । उता परासिमा भने जिल्ला प्रशासन कार्यालय नै बन्द गर्ने निर्णय गरिएको छ ।

कर्मचारीहरुमा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको छ । अधिकृतसहित २ जना कर्मचारीमा कोभिड पुष्टि भएको छ अन्यमा पनि केही लक्षण देखिएका छन् । उनीहरुको परिक्षण गरिएको छ ।

कर्मचारी नै संक्रमित भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्धारा जारी सूचनामा उल्लेख छ ।

कार्यालयबाट प्रदान गरिने नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट र राष्ट्रिय परिचय पत्रका काम माघ ९ गतेसम्मका लागि बन्द गरिएको हो । प्रशासनमा दैनिक २ सय देखि ३ सय जना सेवाका लागि आउने गरेका छन् ।

यसैबीच पछिल्लो पटक संक्रमण दर बढ्दै गएको छ । १५ दिनअघि शून्यजस्तै रहेको जिल्लामा अहिले दैनिक १० देखि १२ जनामा संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए ।

About admin

Check Also

दु:खद खबर ! पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ …

Leave a Reply

Your email address will not be published.