Saturday , May 28 2022
Breaking News
Home / समाचार / आज बुधबार सार्वजनिक बिदा दिने निर्णय

आज बुधबार सार्वजनिक बिदा दिने निर्णय

काठमाण्डौँ । मधेश प्रदेशमा भोलि बुधबार पनि सार्वजनिक बिदा हुने भएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिंदै आएको छ । बुधबार मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।

यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले बितरण प्रदेश सरकारले जनाएको छ । यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुर र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै नाम र राजधानीले पूर्णता पाएको हो। ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको थियो।

यस्तै प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश भएको खुसियालीमा आज साँझ जनकपुरधामसहित प्रदेश २ को आठवटै जिल्लामा दीप प्रज्वलन गर्ने तयारी भएको छ । जनता समाजवादी, माओवादी केन्द्र र लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताहरूको अगुवाइमा जनकपुरधामसहित मुख्य सहरहरूमा दीप प्रज्वलन गर्ने तयारी भएको छ । चार वर्षपछि भए पनि प्रदेशको नाम र राजधानी टुङ्गो लगाएकामा खुसी भएका स्थानीयवासीले समेत घरघरमा दीपावली गरेका छन् ।

सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा ९माओवादी केन्द्र० र प्रमुख प्रतिपक्षी लाकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेस प्रदेशका लागि भएको मतदानमा ८० जना प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए । उक्त सङ्ख्या प्रदेशसभामा उपस्थिति ९९ प्रदेशसभा सदस्यमध्ये दुई तिहाइ बढी मत भएको भन्दै मधेस प्रदेशको प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।

जसपाका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका भरतप्रसाद साह प्रस्तावक रहेको मधेस प्रदेशसम्बन्धी प्रस्ताव पारित भएपछि प्रदेशको नामसम्बन्धी अन्य प्रस्तावहरू स्वतः निष्क्रिय भएको सभामुख यादवले घोषणा गरे । हाल प्रदेश नं २ को प्रदेशसभामा १०४ जना सांसद रहेकामा कुनै पनि प्रस्ताव पारित हुन दुई तिहाइ अर्थात् ७० मत आवश्यक पर्छ । प्रदेश नं २ का नामका लागि मधेस प्रदेशसँगै जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेस प्रदेश प्रस्ताव दर्ता गरिएको थियो ।

यस्तै, प्रदेशको राजधानी जनकपुरधाम कायम हुने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेशसभामा भएको जनकपुरधाम राजधानी हुनुपर्ने सबै दलको संयुक्त प्रस्ताव दुई तिहाइ बढी मतले पारित भएको थियो । हाल कायम रहेको १०४ प्रदेशसभा सदस्यमध्ये ९९ मत खसेको थियो । जसमा ७८ मत जनकपुरधाम राजधानी हुनुपर्ने प्रस्तावको पक्षमा खसेको र उक्त सङ्ख्या दुुई तिहाइभन्दा बढी भएकाले जनकपुरधाम राजधानी कायम भएको सभामुख यादवले घोषणा गरेका थिए ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.