स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भिडियो लाइभ अपडेटमा यसबारेमा जानकारी दिएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता १८ हजार ७८ पीसीआर परीक्षण भएको थियो। जसमा ९५०२ जनामा कोरोना पुष्टि भएको छ।
उता ५३३१ एन्टिजेन परीक्षण हुँदा १८५० जनामा कोरोना देखिएको छ। मन्त्रालयका अनुसार बुधबार जम्मा ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको हो।मन्त्रालयले दिएको विवरण अनुसार २४ घण्टायता ४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ६ सय जना मात्रै निको भएका छन्।
पछिल्लो २४ घण्टामै काठमाडौं उपत्यकामा ६ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा इपियोडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्ण पौडेलले बुधबार यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार बुधबार भक्तपुरमा ५७८, ललितपुरमा १०१९ र काठमाडौं ४ हजार ६६६ संक्रमि थपिएका छन्।
तीनै जिल्लामा जम्मा ६ हजार ३४३ जनामा कोरोना संक्रमण देखिएको हो। देशभरमा सबैभन्दा सक्रिय संक्रमित पनि काठमाडौं उपत्यकामै रहेका छन्।