काठमाडौं : अहिले डेल्टा, ओ’मिक्रोन लगायत को-रोना भाइ’रसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ । अन्य देशको सं’क्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलावट ठूलो समुदायमा हुन सक्द छ । यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै को-रोनाबाट अछुतो रहन मुस्किल छ । सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् । ओ’मिक्रोनको लक्षण कडा रुघा जस्तो देखिएको छ । संक्रमण फैलिँदै जाँदा जन स्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका १० सुझाव –
१. कडा रुघा वा जीउ दुख्ने / जाडो हुने भएमा तत्काल पि’सिआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।
२. पि’सिआर पोजिटिभ देखिएमा डर नमान्ने / पटक्कै नआत्तिने । खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।
३. बिभिन्न अनुसन्धानले देखाएका छन्, को-भिडमा घरेलु उपचार प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागती पानी पकाएर पटक पटक सेवन गर्ने । मनतातो पानी प्रशस्त मात्रामा पटक पटक पिउने ।
४. पोसिलो तथा बिबिध प्रकारका खाना खाने । जंक फुड नखाने । चिसो बाहेक अन्य खाना बार्नु पर्दैन ।
५. इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि ( रोग प्रतिरोधात्मक क्षमता बढाउने ) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गर्ने ।
६. ज्वरो आएमा / टाउको दुखेमा / शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट / कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने । घाँटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।
७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोच राख्ने ।
८. अक्सिमिटरले अक्सिजन नापिरहने ।
९. घाँटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने ।
१०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने ।