Monday , June 27 2022
Breaking News
Home / समाचार / धादिङबाट हिँडेर काठमाडौं आउन लागेका दुई युवा पक्राउ, कारण अर्कै छ

धादिङबाट हिँडेर काठमाडौं आउन लागेका दुई युवा पक्राउ, कारण अर्कै छ

काठमाडौँ, ५ माघ । अवैध लागुऔषध गाँजाको धुलो ‘पोल्याण्ड’ सहित दुईजनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । माघ ३ मा धादिङको थाक्रे गाउँपालिका घर भएका २३ वर्षीय बिकाश लामा र मकवानपुर घर भएका २७ वर्षीय गणेश लामालाई पक्राउ परेका हुन् ।

धादिङतिरबाट पैदल हिँडेर काठमाडौं प्रवेश गर्न लागेका उनीहरुको साथबाट ९ सय ४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनिहरु बिरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

यस्तै, दाङ घोराहीका विकास पुनलाई प्रहरीले काठमाडौँबाट मंगलबार दाङ ल्याइपुर्‍याएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुनलाई जिल्ला ल्याइ कानुनी प्रक्रिया अनुसार अगाडी बढाएको बताए । कारसहित राजधानीको सुनधारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै कारबाट प्रहरीले जिल्ला ल्याएको हो ।

कपिलवस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनलाई सोमबार काठमाडौँमा पक्राउ गरेको थियो ।

घोराही उपमहानगरपालिका वडा नं. १५ का पुनका विरुद्ध कपिलवस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन् । त्यही जाहेरीका आधारमा पुन पक्राउ परेका हुन् ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.