Saturday , May 28 2022
Breaking News
Home / समाचार / नेपालमा पहिलोपटक संक्रमणको नयाँ रेकर्ड, जे नहुनु थियो आज भैदियो

नेपालमा पहिलोपटक संक्रमणको नयाँ रेकर्ड, जे नहुनु थियो आज भैदियो

काठमाडौं: नेपालमा संक्रमण दर ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन १२ हजार ३३८ जनामा संक्रमण देखिएको छ। कूल २७ हजार ४९७ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने ६४९ जना निको भएका छन् ।

यस्तै संक्रमण बढेसँगै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.