Sunday , May 22 2022
Breaking News
Home / समाचार / तपाइले कोभिडको कुन खोप लगाउनुभयो ? अब भेरोसेल खोप लगाउन नपाइने

तपाइले कोभिडको कुन खोप लगाउनुभयो ? अब भेरोसेल खोप लगाउन नपाइने

काठमाडौ । अब तत्कालका लागि नेपालमा कोभिडको भेरोसेल खोप लगाउन नपाइने भएको छ । सो खोपको मौज्दात नभएका कारण भेरोसेल खोप लगाउन नपाइने भएको हो । सरकारले अब कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाउनेलाई भेरोसेल बाहेक अन्य खोप लगाइदिने भएको छ ।

स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको भन्दै पहिलो डोज खोप लिनेलाई एस्ट्राजेनेका÷कोभिसिल्ड खोप मात्रै लगाउन प्रदेश सरकार र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाइ निर्देशन दिएको छ ।

विभागको परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र आपूर्ति केन्द्रहरूमा परिपत्र गर्दै भनेको छ, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८,०९,२८ को मन्त्रिस्तरीय निर्णयानुसार कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप (अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्षमाथिका नागरिकहरूलाई मात्र) दिने निर्णय भएबमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८, १०, ५ को बैठकको निर्णयानुसार हाललाई भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकहरूलाई कोभिसिल्ड÷एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ ।”

विभागको खोप वितरण शाखाका प्रमुख बडेबाबु थापाका अनुसार अहिले टेकु भन्डारण केन्द्रमा तीन लाख डोज भेरोसेल खोप मात्रै मौज्दात छ । चीनबाट खरिद गरिएको थप खोप आउने मिति टुंगो लागेको छैन । पहिलो डोज भेरोसेल लगाएकाहरु पनि अब खोप नहुँदा समस्यामा पर्ने भएका छन् ।

यो पनि, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएरनभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९ प्रोटोकल पालना भएरनभएको अनुगमन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर यथेष्ट मात्रामा नभएको पाइएमा केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन गर्नुभएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “परीक्षा हलको अवस्था अनुगमन गरेर थप निर्णय सीसीएमसी निर्देशक समितिबाट गर्ने भन्ने कुरा भएको छ ।”

About admin

Check Also

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश …

Leave a Reply

Your email address will not be published.