काठमाडौं / काठमाडौं उपत्यकामा सवारीसाधनमाथि जोर-विजोर लागू भएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो
ललितपुरका साहायक सिडिओ हरिप्रसाद पन्तले काठमाडौं उपत्यकामा सवारीसाधानमा जोर-विजोर लागू भएको बताए। उनले उपत्यकाका तीनवटै जिल्लाले आजै छुट्टा-छुट्टै आदेश जारी गर्देसमेत बताए।
‘कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर लागू गर्ने निर्णय गरेको छ,’ पन्तले अन्नपूर्णसँग भने। उनले शुक्रबार राति १२ बजेदेखि जोर-विजोर लागू हुने बताए।
अन्य समाचार / काठमाडौं। कोरोना महामारी जोखिम बढ्दै गएपछि हवाई यात्रामा नयाँ नियम लागू गरिएकाे छ । हवाइ यात्रामा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको हाे ।
आन्तरिक हवाई यात्राका लागि विमानस्थल प्रवेश गर्दा यात्रुले कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने नयाँ नियम लागू गरिएकाे छ ।
बुधबार बसेको वायु सेवा संञ्चालक संघको कार्यसमिति बैठकले हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि) अनिवार्य गर्ने निर्णय गरेको हो ।
बुधबार वायुसेवा सञ्चालन संघले हवाई जहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसङ्क्रमित गर्नुपर्ने तथा चेक–इक, बोडिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने निर्णय गरेको छ ।