Wednesday , June 29 2022
Breaking News
Home / समाचार / खुसीको खबर : नयाँ भेरियन्ट नआए ३ महिनापछि को’रोना महामारी अन्त्य हुने वैज्ञानिकको दा’वी

खुसीको खबर : नयाँ भेरियन्ट नआए ३ महिनापछि को’रोना महामारी अन्त्य हुने वैज्ञानिकको दा’वी

को-भि’ड–१९ भाइरसको ओ’मीक्रोन भेरियन्टसहित अहिले नेपाल र भारतमा संक्रमण तीब्र भइरहेको छ । दुवै देशमा अहिले तेस्रो लहरको पिक अवस्था छ । खुल्ला सिमानालगायत विभिन्न कारण भारतमा संक्रमण बढ्दा र घट्दा त्यसको सिधा असर नेपालमा पर्ने गरेको छ।

नयाँ भेरियन्ट नआए मार्चको दोस्रो साताबाट भातरमा को’रोना संक्रमण कम हुने दावी भारतीय वैज्ञानिकले गरेका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइसीएमआर)का वैज्ञानिक डा.समीरसन पाण्डाले मार्च महिनाको दोस्रो साताबाट को’रोना महामारी सामान्य बन्ने दा’वी गरेका हुन् ।

ओ’मीक्रोनले डेल्टा भेरियन्टलाई विस्थापित गर्ने र अर्काे भेरियन्ट नआउने हो भने त्यो मार्चको १०–११ देखि को’रोना महामारीबाट सामान्य अवस्थामा फर्कने उनको तर्क छ । भारतमा ११ डिसेम्बरदेखि ओ’मीक्रोनको उभार आएकाले तीन महिनामा यो मथ्थर हुने विश्वास डा.पाण्डाले व्यक्त गरे।

नयाँ भेरियन्टन नआएमा को-भि’ड–१९ भाइरस सामान्य भाइरसको रुपमा समुदायमा रहने र म’हामारी अन्त्य हुने दावी उनको छ ।डा.पाण्डाको तर्कलाई आधार मान्ने हो भने नेपालमा पुसको अन्तिम साताबाट नयाँ लहर आएको हुनाले चैत्रको अन्तिम साताबाट यो सामान्य अवस्थामा फर्किन्छ भन्न सकिन्छ

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.