भैरहवा भन्सार कार्यालयले ७५ थान मोटरसाइकल लिलाम विक्री गर्ने भएको छ । कार्यालयले विभिन्न समयमा चोरी निकासीपैठारी अभियोगमा पक्राउ गरिएको मोटरसाइकल गोप्य सिलबन्दी बोलपत्रद्धारा विक्री गर्न लागेको हो ।
यसरी विक्री गर्न लागिएको मोटरसाइकल सन् २०१३ देखि २०१९ सम्म उत्पादन भएका मोडल छन् । भन्सार कार्यालयले विक्रीमा राखेको यामाहा, बजाज, हिरो, रोयल इन्फिल्ड, टीभीएस र होन्डा ब्राण्डका छन् ।
भन्सार कार्यालयले १० हजारदेखि १ लाख ५० हजारसम्म मूल्य निर्धारण गरेर गोप्य शिलबन्दी बोलपत्र खुल्ला गरेको हो । मोटरसाइकल किन्न इच्छुक व्यक्ति, फर्म, संघ वा कम्पनीले आजदेखि २१ दिन भित्र आवेदन पेश गर्न सक्ने छन्।