Wednesday , May 18 2022
Breaking News
Home / समाचार / ३० वर्षसम्म ढोका अड्काउन प्र’योग ग रेको ढुङ्गाको अ’स्लियत थाहा पा’उदा स’बै च कित

३० वर्षसम्म ढोका अड्काउन प्र’योग ग रेको ढुङ्गाको अ’स्लियत थाहा पा’उदा स’बै च कित

अमेरिकाको मिशिगनमा बस्ने एक व्यक्ति तीस वर्षसम्म आफ्नो ढोकालाई १० किलोको एउटा ढुङ्गाको टुक्राले अड्याएर बन्द गरिरहे । अब त्यो ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ । यसको मूल्य एक लाख डलर (एक करोड रुपैयाँ बढी) आँकलन गरिएको छ । यसका मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला उक्त उल्कापिन्ड उपहारस्वरुप पाएका थिए ।

सन् १९३० को दशकमा भेटिएको थियो उल्कापिन्डः उल्कापिन्डका पुराना मालिकका अनुसार सन् १९३० को दशकको एक रात उनले उक्त पत्थर खेतमा खन्नेबेला भेटे जुन निकै तातो थियो ।

यता नयाँ मालिक डेभिड माजुरेकले भने उक्त पत्थरको आकार ढोका अड्काउनका लागि ठिक्क भएको सोचेर यसैका लागि प्रयोग गर्न थाले । गत जनवरीमा उल्कापिण्डहरु हज्जारौं मूल्यमा बिकिरहेको रिपोर्ट देखेपछि आफूसँग भएको अचम्मको ढुङगा पनि कतै उल्कापिण्ड त होइन भन्ने जिज्ञासासहित उनी युनिभर्सिटी अफ इक्ज्यामिनेशनमा पुगेको उनले बताए ।

त्यहाँकी जियोलोजीकी प्राध्यापक मोनालिसा सर्बेस्कु यसको आकार देखेर चकित भइन् । उनले पत्थरको एक्सरे फ्लोरेन्सबाट परिक्षण गर्ने निर्णय गरिन्।उक्त पत्थरमा ८८ प्रतिशत फलाम, १२ प्रतिशत निकल र केही मात्रामा भारी धातु इरिडियम, ग्यालियम र सुन पनि भएको अनुसन्धानमा पत्ता लाग्यो ।

प्राध्यापक भन्छिन्, मैले यति मूल्यवान पत्थर आफ्नो जीवनमा देखेकी थिइनँ । सौर्यमण्डलको कुनै टुक्रा खसेर मेरो हातमा आएको जस्तो महसुस भयो । उल्कापिन्डमा ९० देखि ९५ प्रतिशत फलाम नै हुन्छ ।’

एडमोर उल्कापिन्ड नाम राखियोः उक्त ढुङ्गालाई एडमोर उल्कापिन्ड नाम दिइएको छ किनभने यो एडमोरमा नै खसेको थियो । उल्कापिन्डको नमूना क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाइएको छ ताकि त्यसको रासायनिक संघटन जाँच्न सकियोस् ।

सबैभन्दा ठूलो उल्कापिण्ड ६ हजार ६ सय किलोको थियोः धर्तीको सबैभन्दा ठूलो उल्कापिन्ड नामिबियाको होबामा भेटिएको थियो । यसको तौल ६ हजार ६ सय किलो थियो । वैज्ञानिकको मान्यता अनुसार यो करिब ८० हजार वर्ष पहिले धर्तीसँग ठोक्किएको थियो । यसमा पनि धेरैजसो फलाम र निकल नै थियो ।

मंगल र वृहस्पतीका बीच विभिन्न क्षुद्रग्रह चक्कर लगाइरहेको छ । यसका टुक्रालाई नै उल्का भनिन्छ । धेरै पटक उल्का धर्तीको कक्षमा पनि प्रवेश हुने गर्छ । वायुमण्डलका कारण साना उल्का जलेरै नष्ट हुन्छन् जबकी ठूला उल्कापिण्ड धर्तीसँग ठोक्किने गर्छ ।

यो पनि :यिनै हुन भर्खरै सबैलाई उछिन्दै गिनिज बुकमा विश्वकै अग्लीमा नाम लेखाउने महिला

काठमाडौं । उनी हुन भर्खरै सबैलाई उछिन्दै गिनिज बुकमा विश्वकै अग्लीमा नाम लेखाउने महिला । उनी टर्कीकी रुमेसा गेल्गी हुन् ।संसारकै सबैभन्दा अग्ली महिलाको रुपमा गिनिज बुकमा उनको नाम लेखिएको छ । ७ फुट अग्ली रुमेसालाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले औपचारिक रुपमा विश्वकै अग्ली महिलाको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो ।

टर्कीको काराबुक प्रान्तकी गेल्गीको सरीरको उचाइ ७ फिट ०.७ इन्च रहेको छ । रुमेसाको सरीरको उचाइ धेरै हुनुको कारण चाहिं उनमा रहेको दुर्लभ रोग हो ।

वास्तवमा Weaver Syndrome भनिने रोगका कारण उनको जिउको उचाइ तीव्र गतिमा बढेको हो । दुर्लभ स्वास्थ्य समस्याका कारण सिर्जित आफ्नो असामान्य शारीरिक अवस्थालाई गेल्गीले प्रेरणाको रुपमा लिएकी छिन् ।

उनी भन्छिन्– हरेक असुविधाहरुलाई तपाईंको लागि सुविधामा परिणत गर्न सक्नुहुन्छ त्यसैले तपाईंले आफूजस्तो हुनुहुन्छ त्यसैलाई स्विकार्नु पर्दछ । आफ्नो क्षमताका बारेमा जानकार हुनुहोस् र आफ्नो तर्फबाट अधिकतम प्रयास गर्नुहोस् ।

उनले आफ्नो जस्तै विभिन्न दुर्लभ तथा जटिल स्वास्थ्य समस्या भएका मानिसहरुको हीतमा पैरवी गर्नका लागि आफ्नो प्लाटफर्म प्रयोग गर्दै आएकी छिन् ।

असामान्य शारीरिक अवस्था तथा अधिकतम उचाइका कारण उनलाई सहज रुपमा हिँडडुल गर्न गाह्रो छ । त्यसैले उनले ह्वीलचेयर प्रयोग गर्दै आएकी छिन् । यद्यपि उनी वैशाखीको सहाराले पनि हिँड्न सक्छिन् ।

स्मरण रहोस् मानव इतिहासमै हालसम्मकी सबैभन्दा अग्ली महिलाको कीर्तिमान भने चीनकी जेंग जिनलियानको नाममा छ । हुनान प्रान्तकी जिनलियानको उचाइ ८ फिट १ इन्च थियो । उनको सन् १९८२ मा मृत्यु भएको थियो ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.