Wednesday , June 29 2022
Breaking News
Home / समाचार / आउदो आइतबार देशैभर सार्वजनिक बिदा !

आउदो आइतबार देशैभर सार्वजनिक बिदा !

आउँदो आइतबार २३ गते देशैभरका शिक्षणसंस्थामा सार्वजनिक बिदा दिइएको छ । सरस्वती पूजाको अवसरमा देशैभरका शिक्षण संस्थाले सार्वजनिक बिदा पाएका हुन् ।

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

संगीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यिनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै सरस्वती पूजाका दिन यो आलेख श्री गणेश गर्न चाहन्छौं । सरस्वती पूजा अर्थात्, श्रीपञ्चमी । हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आरधनासहित श्रीपञ्चमी मनाउँछौं ।

सरस्वती पूजा साना नानीहरुका निम्ति अक्षराम्भ गर्ने दिन हो । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन हो सरस्वती पूजाको दिन बाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता राखिन्छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ ।

वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारिक आयाम छन् । यी संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् । हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरु अनि अन्नबालीका साथै श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् ।

बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।विद्यालयहरुमा विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर आजको दिन रंगीन गुलिया रसिला बुनियाँको दाना, बयर हरू प्रसादीका रुपमा बाँडिन्छ ।

कतिपय विद्यालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रंगीन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विद्यालयहरु सजिसजाऊ रहन्छ ।

कोभिडका कारणले यसवर्षको सरस्वती पूजाको रौनकमा केही कमी भने आउन सक्ने देखिन्छ । विद्याकी देवीको अनुकम्पाले आउँदा दिनहरुमा स्वछन्द विश्वको पुर्नशुरुवात होस्, विद्या र ज्ञानको प्रवाह अविछिन्न होस् ।

सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ । सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भइरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन् या सूचीकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा सही मूल्य पाउन् । जाँगर लागिरहोस् अनि सिर्जनाका उजेलीले समाजका अँध्यारो सँधै दूर होस् ।

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.