विश्वासयोग्य साथ सहकर्मी महान आशीर्वाद जस्तै हुन्। जससँग तपाई आफ्ना हरेक कुरा खुलेर बताउन सक्नुहुन्छ । साथै आफ्ना सबै गोप्य कुराहरू साझा गर्न सक्नुहुन्छ। यो मामिलामा धेरै कम मानिसहरु भाग्यमानी हुन्छन् किनभने आँखा चिम्लिएर विश्वास गर्न सकिने यस्ता मानिस विरलै हुन्छन् । ज्योतिष शास्त्रमा केही यस्ता राशिको बारेमा बताइएको छ जसलाई जस्तो सुकै अवसथामा आँखा चिम्लिएर विश्वास गर्न सकिन्छ । आउनुहोस् जानौँ कुन-कुन राशिका व्यक्तिहरू सबैभन्दा विश्वासयोग्य हुन्छन्।
मेष राशि
मेष राशिका मानिसहरु सधैँ इमान्दार, दयालु र साधियो सत्यको समर्थन गर्न साकने किसिमका हुन्छन् । यस राशिका मानिसहरु एकको कुरा अर्कोलाई गर्न मन पराउदैनन् । त्यसैले मेष राशिका मानिसहरूलाई कुनै पनि व्यक्तिले बिना कुनै हिचकिचाहट आफ्नो गोप्य कुरा बताउन सक्छ। उनको यही गुणका कारण मानिसहरुले उनलाई निकै मन पराउँछन् ।
कर्कट राशि
कर्कट राशिका मानिसहरु धेरै भावुक हुन्छन् तर साथमा उनीहरु भरपर्दो पनि हुन्छन् । यदि कर्कट राशिका व्यक्ति तपाईको साथीमा पर्छन् भने यो तपाईको लागि उपहार भन्दा कम छैन । तपाईको गोप्य कुरा सधैँ गोप्य राख्नेछन् र हरेक सुख-दुःखमा साथ दिनेछन्।
सिंह राशि
सिंह राशिका व्यक्तिहरू इमानदार हुनुका साथै धेरै विश्वासयोग्य हुन्छन्। तिनीहरू कहिल्यै कसैको विश्वास तोड्दैनन्, तर कठिन समयमा मद्दत गर्न सधैँ तयार हुन्छन्। तिनीहरू झूटलाई घृणा गर्छन्। त्यसैले उनीहरूसँग मित्रता गर्दा यो कुरालाई ध्यानमा राख्नुहोस् किनकि उनीहरूले धोका दिनेलाई पनि छोड्दैनन्।
मकर राशि
मकर राशिका मानिसहरु यति इमान्दार हुन्छन् कि उनीहरुको इमान्दारिताको उदाहरण दिइन्छ । साथै तिनीहरूलाई सजिलै भरोसा गर्न सकिन्छ किनभने तिनीहरू धेरै भरपर्दो हुन्छन् । उनीहरुमा एउटै समस्या छ कि कहिलेकाहीँ भावुक भएर आफ्नो बोलीलाई नियन्त्रण गर्न सक्दैनन् ।
कुम्भ राशि
कुम्भ राशिका मानिस बुद्धिमान हुन्छन् । उनको तार्किक, भरपर्दो व्यक्तित्व कसैलाई पनि आकर्षित गर्न पर्याप्त छ। उनीहरुको इमानदारीमा कहिल्यै शंका गर्नु हुँदैन ।