Saturday , May 28 2022
Breaking News
Home / समाचार / नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

देशभर थप ४ हजार ९०४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको को- रोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९.५ प्रतिशत रहेको छ ।

यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्या- न पनि गुमाएका छन् । नेपालमा हालसम्म को-भिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्या-न गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार थप २ लाख ७२ हजार ७४८ जनाले को- भिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ८ सय २० जना संक्रमित थपिएका छन् । काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ५२ हजार ७६४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३७०३४, ललितपुरमा १०१२५ र भक्तपुरमा ५६०५ सक्रिय संक्रमित छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.