Sunday , May 22 2022
Breaking News
Home / जीवनशैली / अत्यधिक टाउको दुखाइको असर : गुम्न सक्छ आँखाको ज्योती, बेवास्ता नगर्नुस्

अत्यधिक टाउको दुखाइको असर : गुम्न सक्छ आँखाको ज्योती, बेवास्ता नगर्नुस्

अत्यधिक टाउको दुखाईलाई बेवास्ता गर्नुहुँदैन । पछिल्लो समय धेरै मानिसहरु लगातार टाउको दुख्ने समस्याले चिन्तित छन् । टाउको दुख्ने समस्यामा हल्कादेखि माइग्रेनको दुखाइ हुने सम्म समस्या भएको पाइन्छ । कतिपय दुखाइमा पेनकिलर, पानी पिउने, आराम गर्ने गर्दा आराम मिल्ने गर्छ । तर, टाउको दुखाई कतिबेला गम्भीर समस्या बन्छ थाहा नै हुँदैन ।

डाक्टरहरुका अनुसार लगभग १ सय ५० प्रकारका टाउको दुखाइ हुने गर्छ । धेरैजसो व्यक्तिहरुमा भने अत्यधिक टाउको दुखाईले पीडादायक समय बिताउन बाध्य हुन्छन् । क्रोनिक टाउको दुखाइ वा माइग्रेनमा डाक्टरको सल्लाह लिन आवश्यक छ । केही टाउको दुखाईले भने गम्भीर रोगको संकेत गर्ने गर्छ । जसलाई बेवास्ता गर्ने गल्ती गर्नुहुँदैन । जसमा ८ प्रकारका टाउको दुखाईहरु पर्छन् ।

तनाववाला टाउको दुखाई
मानिसहरुमा टाउको दुखाईको यो प्रकार साझा जस्तै हो । सामान्यतयाः तनाव, पानीको कमि, आँखामा जोड, भोक लाग्नु आदिका कारण यस्तो टाउको दुखाई हुने गर्छ । सामान्यतयाः दुखाई कम गर्ने औषधिको सेवन गर्न सकिन्छ । तर, लगातार तनावका कारण टाउको दुखिरहन्छ भने समयमा नै यसको उपचार गर्नुपर्छ ।

माइग्रेन
धेरैजसो माइग्रेनको समस्यामा बत्तीको प्रकाश, टाउकोको एउटा पाटो मात्र दुख्ने, वाकवाकी लाग्ने, धमिलो देखिने जस्ता लक्षणहरु देखिन्छन् । यसका लागि दुखाई बढाउने कुराहरुलाई नोट गरेर फेरि त्यस्ता काम र चिजबाट बच्न सकिन्छ । यस्तो समस्यामा डाक्टरको सल्लाह लिएर औषधिको सेवन गर्न सकिन्छ ।

साइनस
साइनस भएको टाउको दुखाईमा चिसो, फ्लू वा एलर्जी आदि हुन सक्छ । साइनसको दुखाईले मानिसको अनुहारको भागमा समेत दुखाई गराउँछ । यस्तो दुखाईमा डाक्टरहरुले औषधिको सेवन गर्ने सल्लाह दिन्छन् ।

क्लस्टर
क्लस्टरमा हुने टाउको दुखाई निकै खराब र असामान्य हुने गर्छ । यो दुखाईमा अत्यधिक पीडा हुन्छ । यो समस्या हजारमध्ये केहीलाई मात्र हुने गर्छ । यो दुखाई आँखा वरिपरी हुने गर्छ । यो समस्यामा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक छ ।

हर्मोनल
महिनावारी चक्र, पीएमएस र प्यारामिनोपोजको कारण हर्मोनको मात्रामा उतार चढावका कारण टाउको दुखाईको समस्या हुने गर्छ । यस्तो अवस्थामा हुने टाउको दुखाईलाई पनि गम्भीर रुपमा लिने र डाक्टरको सल्लाह दिन आवश्यक हुन्छ ।

थन्डरक्ल्याप
अनुहारमा चोट लाग्ने समस्याका कारण यो टाउको दुखाई हुने गर्छ । यो टाउको दुखाईमा ६० सेकेण्डसम्ममा टाउको दुखाई अत्यधिक हुनसक्छ । यसमा वाकवाकी लाग्ने, बेहोश हुने, बान्ता हुने आदि समस्या आउन सक्छ । यो दुखाईले ब्रेन एन्यूरिज्म, स्ट्रोक, ब्रेन ब्लिडिङ जस्ता रोगको संकेत गर्छ ।

जोइन्ट सेल आर्टराइटिस
५० वर्ष उमेर पुगेका व्यक्तिहरुमा यो समस्या देखिन थाल्छ । यो दुखाईमा बंगरामा दुखाई, स्क्याल्पमा दुखाई, आँखामा पनि समस्या हुन सक्छ ।

अलार्म क्लक
अलार्म क्लकका कारण पनि टाउको दुख्ने समस्या आउँछ । यसले निन्द्रा बिथोल्ने काम गर्छ ।

About admin

Check Also

पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ, पढेर सेयर गर्नुहाेला

पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ । आयुर्वेदमा …

Leave a Reply

Your email address will not be published.