Saturday , May 28 2022
Breaking News
Home / समाचार / राष्ट्रिय परिचयपत्र नम्बर अब मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया

राष्ट्रिय परिचयपत्र नम्बर अब मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया

अब राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत लिन सकिने विभागले जनाएको छ ।

अब राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत लिन सकिने विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार एक सूचना प्रकाशित गर्दै परिचयपत्र नम्बर उपलब्ध हुने प्रक्रिया सहित जानकारी दिएको छ ।

मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत प्रक्रिया गर्न सकिने विभागले जनाएको छ ।

विभागले १ नम्बर प्रदेश, बागमती, गण्डकीका लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अर्को नम्बर जारी गरेको छ ।

यो पनि : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ ।

राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत ठाउँमा ठूलो भीड लाग्ने गरेको थियो ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.