Saturday , May 28 2022
Breaking News
Home / समाचार / फोक्सोलाई स्वस्थ राख्ने यी घरेलु तरिका, यी खानेकुरा खानाले क्यान्सरको जोखिम समेत कम गर्ने !

फोक्सोलाई स्वस्थ राख्ने यी घरेलु तरिका, यी खानेकुरा खानाले क्यान्सरको जोखिम समेत कम गर्ने !

फोक्सोलाई स्वस्थ राख्ने यी घरेलु तरिका, यी खानेकुरा खानाले क्यान्सरको जोखिम समेत कम गर्ने ! फोक्सो शरीरको महत्वपूर्ण र सबैभन्दा संवेदनशील अङ्ग मध्यकाे एक अङ्ग हो । श्वास-प्रश्वास गर्न फोक्सोले निकै ठुलो भूमिका खेल्दछ त्यसैले फोक्सोलाई स्वस्थ राख्न सेवन गर्नुपर्ने यस्ता केहि खानेकुराका बारेमा जान्नुहाेस्:-

१) भिटामन सीयुक्त खानाः- सुन्तला, कागती, निबुवा, मौसम, गोलभेँडाको जुस, स्ट्रबेरी, भुइँकटहर, आँप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चार तीव्र बनाउने काम गर्छन् । २) अदुवा:- अदुवाले फोक्सोमा जम्मा भएका विकारलाई कम गर्छ । चियामा अदुवा हालेर खाने गर्नाले सास ताजा पनि बन्न पुग्छ ।

३) लसुनः- लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ । लसुनले फोक्सोलाई फाइदा पु-याउँछ । ४) मकै:- मकैमा पाइने बेटा-क्रिप्टोसान्थिन भन्ने तत्वले फोक्सोको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । त्यसैले बेलाबेलामा ताजा मकै खाने गर्नुपर्छ।

५) पिस्ताः- पिस्तामा गामा-टोकोफेरोल नामक एक प्रकारको भिटामिन-ई पाइन्छ, जसले फोक्सोलाई स्वच्छ राख्छ । ६) प्याजः- प्याजले पनि फोक्सोलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ । प्याज खानाले विभिन्न खाले रोगबाट बचाउँछ, जसमध्ये फोक्सोको इन्फेक्सन पनि एक हो।

७) सुन्तलाः- सुन्तलामा क्रिप्टोसान्थिन भन्ने तत्व पाइन्छ, जसले फोक्सोमा क्यान्सर हुने जोखिम कम गर्छ । ८) सिस्नुः- सिस्नुमा आइरनको मात्रा उच्च हुन्छ । सिस्नु खानाले फोक्सोमा भएको इन्फेक्सनको प्रभाव कम हुन्छ ।

९) जरीबुटीः- सुन्तलाको बोक्रा, युकालिप्टस (मसला), पुदिनाजस्ता जरीबुटीले फोक्सोलाई सफा राख्छन् ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.