Wednesday , May 18 2022
Breaking News
Home / मनोरंजन / भारतीय फिल्ममा स्वस्तिमाले बलिउडका अभिनेत्रीलाई माथ ख्वाइन्, आइटम डान्समा ‘सुपर सेक्सी लुक्स’ [ भिडियोसहित ]

भारतीय फिल्ममा स्वस्तिमाले बलिउडका अभिनेत्रीलाई माथ ख्वाइन्, आइटम डान्समा ‘सुपर सेक्सी लुक्स’ [ भिडियोसहित ]

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को गीत रंगबिरंगी सार्वजनिक भएको छ ।फिल्मको गीत शनिबार सार्वजनिक भएको हो । तीन मिनेट ५३ सेकेन्डको फिल्मको गीत ‘साइना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त गीतमा अभिनेत्री स्वस्तिमाको अत्यन्तै उत्कृष्ट लुक्स देखिएको छ । बलिउडका अभिनेत्रीलाई समेत माथ ख्वाउने सेक्सी लुक्स दिन अभिनेत्री स्वस्तिमाले कुनै कन्जुस्याई गरेकी छैनन् ।यो फिल्म ‘थिरीमाली’ को आइटम डान्स हो । चलचित्रको ट्रेलरमा समेत यो गीतको नृत्य समावेश छ ।

उक्त फिल्म राजीव शेट्टीले निर्देशन गरेका हुन भने निर्माण एसके लरेन्सले गरेका हुन् । जेभियर एलेक्स र राजीव शेट्टीले संयुक्तरुपमा लेखेका फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिका रहेको छ ।

त्यस्तै धर्मजान बोलगट्टी र जोनी एन्टोनी पनि प्रमुख पात्रका रुपमा रहेका छन् । फिल्मको ट्रेलरमा नेपालका काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ ।त्यस्तै ट्रेलरमा अभिनेत्री खड्काको ‘आइटम डान्स’ का केही झलकहरू पनि रहेका छन् । गीतमा अभिनेत्री खड्का रातो पहिरनमा नाचिरहेकी देखिन्छिन् । ट्रेलरमा अभिनेत्री खड्का गीतमा देखाइएको छ ।

फिल्मका मुख्य कलाकारको नाम सूचीमा अभिनेत्री खड्काको नाम पनि उल्लेख गरेको छ । ट्रेलरमा अभिनेता माओत्से गुरुङलाई पनि एक झलक देख्न सकिन्छ । फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ ।
फिल्म मलयालमसँगै तेलेगू, तामिल र हिन्दी भाषामा पनि सार्वजनिक हुने पनि बताइएको छ ।

About admin

Check Also

यसै त गर्मी, त्यसमाथि नम्रता मल्लको फोटोसुट !

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो …

Leave a Reply

Your email address will not be published.