Saturday , May 28 2022
Breaking News
Home / रोचक / धरानमा विरामीको अ’प्रेसन गर्दा गर्दै अ’प्रेसन थिएटरमै डाक्टरहरुबीच झ’गडा भएपछि…

धरानमा विरामीको अ’प्रेसन गर्दा गर्दै अ’प्रेसन थिएटरमै डाक्टरहरुबीच झ’गडा भएपछि…

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ ।घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ ।छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक सदस्य र विषयविज्ञ पनि छन् ।

गत पुस २९ गते दुर्घटना परी एउटा खुट्टा भाँच्चिएका सिरहाका ललितकुमार साहलाई अप्रेसन गरी रड लगाउने बेला डा. रोशनप्रसाद साह कलवार र अन्य डाक्टरबीच झगडा गरेको थियो ।डाक्टरहरूबीच झगडा भएकै कारण बिहान ९ बजे थिएटरमा लगिएका ती बिरामीलाई बेलुका ५ बजे मात्र अप्रेसन सकेर निकालिएको थियो । अहिले ती बिरामी घर फर्किइसकेका छन् ।

डा. कलवारले साइन नेल प्रयोग गरेर अप्रेसन गरेका थिए । तर अन्य डाक्टरहरूले उक्त सामान प्रयोग गर्ने अनुमति नभएको भन्दै निर्मलीकरण गरेर अर्को नेल तयारी अवस्थामा राखेका थिए ।सोही विवादले चर्को रूप लिएपछि यो घटना प्रहरी, अस्पताल प्रशासन हुँदै काउन्सिलसम्म पुगेको थियो । आजको नागरिक दैनिकमा समाचार छ । फाइल तस्विर

About admin

Check Also

आज ग्रहणको समयमा रगतको रङमा देखिनेछ चन्द्रमा, हेर्नुहोस् चन्द्रमा हेर्ने समय !

आज अर्थात् जेठ २ गते सोमबार वर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । यो पूर्ण चन्द्र …

Leave a Reply

Your email address will not be published.