पछिल्लो २४ घण्टामा ५२९२ जनामा को- रोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ८१९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृ- त्यु भएको छ । २४ घण्टामा ३६६६०३ जनाले को- रोना विरुद्धको खोप लगाएका छन् ।
काठमाडौं उपत्यकामा १७२२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन् ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।