काठमाडौँ । आमा बन्नु हरेक महिलाको लागि सबैभन्दा खुशीको क्षण हो, तर यो खुशीको लागि उनले धेरै कठिनाइहरू पार गर्नुपर्ने हुन्छ। गर्भावस्थाको समयमा, शरीरमा धेरै परिवर्तनहरू हुन्छन् र धेरै समस्याहरूको सामना गर्नुपर्छ।
पेटको आकार बढेपछि हिँडडुल गर्न र बस्न समस्या हुनुका साथै सुत्ने पोजीसन समेत परिवर्तन हुन्छ । यसमा धेरै गर्भवती महिलाहरू छन्, जसलाई सुत्ने सही पोजीसन थाहा नै छैन।
यदि तपाईं पनि ती मध्ये एक हुनुहुन्छ र सुत्ने क्रममा गल्ती गर्दै हुनुहुन्छ भने, यसलाई अहिलेबाट सच्याउनुहोस् किनभने यसले बच्चामा नराम्रो प्रभाव पार्न सक्छ। आज हामी तपाईलाई केहि यस्ता कुराहरु बताउँदैछौं, जसलाई गर्भवती महिलाले सुत्दा विशेष ध्यान दिनुपर्छ ।
गर्भवती हुनुसँगै हरेक महिलाको जीवन नयाँ आशाले भरिन्छ, अब आउने दिनको चिन्ताले पनि सताउन थाल्छ । यो चिन्ता आफ्नो भन्दा पनि गर्भमा हुर्किरहेको बच्चाको बारेमा बढी हुन्छ । यो कुरालाई कसैले पनि नमान्ने हुँदैन कि गर्भावस्था भनेको महिलालाई सबैभन्दा धेरै हेरचाह र जोगिन आवश्यक पर्ने समय हो ।
यो सत्य हो कि गर्भावस्थामा महिलाले जे खान्छिन् र उनको जीवन शैलीले उनको बच्चामा प्रत्यक्ष प्रभाव पार्छ। पहिले बच्चा जन्माउने समयमा महिला त्यसै पनि उल्झन्मा हुने गर्दछन् कि के सही के गलत हो भनेर।
पेटको बलमा नसुत्नुहोस्: गर्भावस्थाको समयमा आमाको शरीर बच्चाको लागि आश्रय हो। त्यसैले गर्भवती महिलाहरूले सधैं ध्यान राख्नु पर्छ कि तपाईंको गर्भमा सानो जीवन बढ्दैछ जसको लागि तपाईंले आफ्नो शारीरिक आसनमा सजग हुनुपर्छ।
विशेष गरी सुतिरहेको बेला किनकी यो समयमा तपाईको शरीर लामो समयसम्म एउटै पोजिसनमा रहन्छ र यदि तपाई गलत पोजिसनमा सुत्नु भएको छ भने त्यसको दबाब बच्चामा पर्छ ।
सुत्दा ध्यान दिनुपर्छ कि भुलेर पनि पेटको बल पारेर सुत्नु हुँदैन किनभने यसले बच्चालाई बढी हानी पु¥याउने सम्भावना हुन्छ ।
पिठूयँको बलले नसुत्नुहोस्: गर्भावस्थामा आफ्नो पिठ्यूँको बलमा सुत्दा सुत्दा बच्चाको सम्पूर्ण अंगहरूमा दबाब पर्छ, साथै पेटको बलले सुत्दा तपाईलाई धेरै समस्या हुन सक्छ।
यति मात्रै होईन, आफनो पिठूयुँको बलले तपाईको पाठेघरको सम्पूर्ण तौल तपाईको ढाड, आन्द्रा र तल्लो शिरामा पर्नेछ।