Sunday , May 22 2022
Breaking News
Home / Uncategorized / सरकारले बढायो पेट्रोल-डिजलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

सरकारले बढायो पेट्रोल-डिजलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोल १४२ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ ।

यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१. ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जानकारी दिएको छ ।

About admin

Check Also

बैशाख २३ गते शुक्रबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक …

Leave a Reply

Your email address will not be published.