को- रोना भाइरसको ओ-मिक्रोन भेरिअन्ट क्रमशः विश्वभरि फैलिरहेको छ । विश्वभरि फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। युरोप र अ-मेरिकापछि एशियाली मुलुकहरूमा को- भिड तीव्र गतिमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक साताअघिसम्म २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर तीनगुनाले बढेर आइतवार ९.१ प्रतिशतमा पुगेको छ ।
कतिपय मानिसहरू अझै पनि परीक्षणको दायरामा नआएको बताइन्छ । मानिसहरूलाई को-भिडसँग मिल्दो लक्षण देखिएपछि के गर्ने भन्ने अन्योल हुने गरेको छ । को- रोना भाइरसबाट सङ्क्रमित भएको शङ्का लागेमा के गर्नुपर्छ त ? यी छ वटा निर्देशिकाको पालना गरेर तपाईँले आफ्नो स्वास्थ्यको ख्याल राख्नुका साथै आफ्नो वरपरका मानिसहरूलाई पनि सुरक्षित राख्न सक्नुहुन्छ।
१) परीक्षण गर्नुहोस्:- ब्रजिलको सङ्क्रामक रोग विशेषज्ञहरूको समूह एसबीआईका अध्यक्ष डा। जोस डेभिड अरेबिज ब्रिटो को- भिड भएको हो वा होइन थाहा पाउन यसको पहिचान गर्नु अत्यावश्यक भएको बताउँछन् । `सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, सिँ`गा`न बग्ने, घाँटी दुख्ने जस्ता लक्षण देख्नेबित्तिकै गर्नुपर्ने काम नै रोगको पहिचान गर्नु हो,´उनी भन्छन् । यस्तो अवस्थामा पहिले परीक्षण गराउनुपर्छ ।
लक्षणहरू देखा पर्नुअघि नै तपाईँ सङ्क्रमित भइसक्नुभएको हुनसक्छ । तपाईँले जानकारी दिनुभयो भने उनीहरू लक्षणबारे अझ सतर्क हुन्छन् र को- भिड परीक्षण पनि गराउँछन् । यसबाट उनीहरू मात्रै सुरक्षित हुँदैनन् वरपरका मानिसहरूलाई सर्नबाट समेत जोगाउन सक्छन् ।
३) अलग्गै बस्नुहोस्:- को- रोना भाइरस सङ्क्रामक हुन्छ । यो भाइरस सङ्क्रमित व्यक्तिको थुक वा सिँ-गानका छिटा वा र्यालकाे कणमार्फत् नजिकै रहेका अरू मानिसमा सर्न सक्छ ।सङ्क्रमित व्यक्तिले मुख नछोपी वा मास्क नलगाई हा`च्छ्युँ गर्दा वा खोक्दा र नजिकै रहेका वा अन्य कुनै तरिकाले सम्पर्कमा आएका स्वस्थ मानिसलाई सङ्क्रमण सर्ने सम्भावना हुन्छ ।
त्यसैले यदि तपाईँ को- रोना भाइरसबाट सङ्क्रमित हुनुहुन्छ भने आफू वरपरका मानिसबार विचार गर्दै उनीहरूबाट टाढा बसेर आफूलाई ‘आइसोलेट’ हुनु सबैभन्दा उत्तम हो । यदि घरमा तपाईँ परिवारसँग बसिरहनु भएको छ भने परिवारका सबै सदस्यले अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ । मास्क राम्रो गुणस्तरको हुनुपर्छ र सङ्क्रमित व्यक्तिको कोठावरपर हुँदा मास्क लगाउन विशेष ध्यान दिनुपर्छ ।
सम्भव छ भने सङ्क्रमित व्यक्तिले छुट्टै शौचालय प्रयोग गर्नुपर्छ । सङ्क्रमितको व्यक्तिगत आवश्यकताका सामान पनि अरू व्यक्तिले प्रयोग गर्ने वस्तुसँग राख्नु हुँदैन । सङ्क्रमित व्यक्ति कति समयसम्म आइसोलेशनमा बस्नुपर्छ भन्नेमा विज्ञहरूको फरकफरक धारणा छ । गत डिसेम्बर २७ मा अमेरिकाको सीडीसीले निर्देशिका परिवर्तन गर्दै आइसोलेशन अवधिलाई पाँच दिन कायम गर्याे ।
तर ब्रिटेन, अस्ट्रेलिया आदि देशमा परीक्षण गरेको दिन वा लक्षण सुरु भएको दिनबाट गणना गरेर आइसोलेशनको समय सातदेखि १० दिन छ । तर एसबीआईका जैविक सुरक्षा परामर्शदाता डा। सिल्भिया लेमोस हेन्रिच्सेन भन्छिन्, `ओ`मिक्रोन भेरिअन्ट र बढ्दो को- रोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सातदेखि १० दिन आइसोलेशनमा बस्नु राम्रो हुन्छ ।´ सङ्क्रमित व्यक्तिमा नवौँ दिनमा पनि लक्षण देखिएमा १० दिन वा सोभन्दा बढी आइसोलेशनमा बस्नुपर्छ ।
४) लक्षणबारे ख्याल गर्नुहोस्:- सुरुको अवस्थामा को- रोना भाइरस सङ्क्रमित व्यक्तिलाई ज्वरो, खोकी, थकान, घाँटी दुख्ने वा झा-डापखालाको लक्षण हुन्छ । अनि प्रायशः यी लक्षणहरू बढ्दै जान्छन् । को- रोना भाइरस सङ्क्रमित व्यक्ति आइसोलेशनमा हुँदा सबै लक्षणहरूको ख्याल गर्नु धेरै नै महत्त्वपूर्ण हुन्छ। लक्षणहरू बढेर कुनै अप्रत्याशित जटिलता पैदा भयो भने तुरुन्तै डाक्टरको सहयोग खोज्न जरुरी हुन्छ ।
हेन्रिच्सेन भन्छिन, `लक्षणहरूमा ध्यान दिनु धेरै नै महत्त्वपूर्ण छ, विशेषतः वृद्ध बिरामीबारे । यदि ६० वर्षको वृद्धलाई अत्यधिक पखाला लाग्न थाल्यो भने, उसलाई डिहाइड्रेशन हुन सक्छ वा फोक्सोमा पानी जम्मा हुँदा निमोनिया हुन सक्छ ।´ विज्ञहरूले को- भिड भएका मानिस बस्ने घरमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने उपकरण अक्सिमिटर राख्दा राम्रो हुने र समयसमयमा व्यक्तिको अक्सिजन मात्रा जाँच गराउनुपर्ने सुझाव दिएका छन् ।
अक्सिजन स्याचुरेशनको तह ९५ प्रतिशतभन्दा माथि हुनुपर्छ । अक्सिमिटरमा अक्सिजन स्याचुरेशन ९८ प्रतिशतबाट क्रमशः घट्दै गएमा त्यो खतराको सङ्केत हो, यस्तो अवस्थामा डाक्टरको सहयोग लिनुपर्छ,´ हेन्रिच्सेन भन्छिन् । दिनमा दुई पटकसम्म अक्सिजनको मात्रा परीक्षण गर्ने र लक्षण देखिएको छ वा सात दिनपछि पनि ज्वरो र जीउ दुख्ने समस्या अत्यधिक भएमा अस्तपालाको आपत्कालीन कक्षमा बिरामीलाई पुर्याउनु पर्ने डा. अरेबिज ब्रिटो बताउँछन् ।
५) आराम गर्नुहोस् र शरीरमा पानीको मात्रा कमी हुन नदिनुहोस्
को- रोना भाइरस सङ्क्रमण भएको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण कुरा सावधानी अपनाउनु हुने बीबीसीले कुरा गरेका विज्ञहरूको सुझाव छ । उनीहरूले को- भिडको उपचार गर्ने भनेर प्रचार गरिएका अप्रमाणित औषधिहरू सेवन नगर्न पनि सुझाव दिएका छन् । को- भिड महामारी बढ्दै गएपछि सङ्क्रमणको उपचारका लागि केही औषधिहरू चर्चामा आए ।
तीमध्ये हाइड्रोक्सीक्लोरोक्वाइन, आइभर्मेक्टिन र निटाजोक्सनाइडजस्ता औषधिको कोभिड सङ्क्रमणविरुद्ध कुनै प्रभावकारिता देखिएन । अहिले कतिपय देशले को- भिड विरुद्ध प्रभावकारी मानिएका एन्टिभाइरल औषधिलाई मान्यता समेत दिइसकेका छन् । विज्ञहरू सङ्क्रमण देखिएको केही दिन मात्रै भएका र सामान्य लक्षण भएका बिरामीहरूले पर्याप्त आराम र बढीभन्दा बढी पानी पिउनु प्रभावकारी हुने सल्लाह दिन्छन् ।
डा। ब्रिटो शरीर सुक्खा हुँदा शरीरमा हुने साइटोकाइन नामक तत्त्वहरू क्षय भएर मानिसको मिर्गौलामा असर पुग्ने जोखिम भएको बताउँछन् । ज्वरो, टाउको दुख्ने वा शरीर दुख्ने समस्या भए त्यसको असर नहुने अवस्थामा रोकथामका लागि औषधिहरू लिन सकिने चिकित्सकहरूको सल्लाह छ । `यस्तो अवस्थामा सबैले प्रयोग गर्न सक्ने भनेको सिटामोल हो,´ सङ्क्रामक रोग विशेषज्ञहरूको एउटै सुझाव छ ।
६) निको भएपछि को- भिड खोप लिनुहोस्:- को- भिडबाट पनि मानिसहरूमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास हुन्छ । तर पनि त्यसलाई सुदृढ बनाउन को- भिड-१९ विरुद्धको खोप लगाउनुपर्ने चिकित्सकको सल्लाह छ । यसका लागि एक पटक चिकित्सकको परामर्श लिन उपयुक्त हुने उनीहरू बताउँछन् । किनभने रिपोर्टमा सङ्क्रमण देखिएको भोलिपल्टै खोप लिनु हुँदैन । ब्रजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण देखिए वा सङ्क्रमण पुष्टि भएको ३० दिनपछि मात्रै खोप लगाउन उपयुक्त हुने भनिएको छ ।
नेपालमा पनि को- भिड भएको एक महिनापछि मात्रै खोप लगाउन चिकित्सकहरूले सुझाव दिने गरेका छन् । सङ्क्रमणपछि शरीरको प्रतिरोध क्षमता सङ्क्रमणबाट मुक्त हुन सङ्घर्षरत रहने भएकाले प्रतिरोधी क्षमता विकासका लागि एक महिनाको समय राख्नु उपयुक्त हुने विज्ञहरूको सुझाव छ । बलियो प्रतिरोध क्षमताका लागि निर्धारित अवधिभित्रै पहिलो, दोस्रो वा तेस्रो खोपको मात्रा लगाउन जरुरी भए पनि एउटाबाट अर्को मात्रा लगाउने बीचको अवधिमा को- भिड भए पुनः एक महिना पर्खिन चिकित्सकहरूले सुझाएका छन् । साभार बिबिसी नेपाली