Wednesday , June 29 2022
Breaking News
Home / समाचार / दोस्रो विवाह गर्ने महिलाभन्दा पुरुषको संख्या …..

दोस्रो विवाह गर्ने महिलाभन्दा पुरुषको संख्या …..

दोस्रो विवाह गर्ने महिलाभन्दा पुरुषको संख्या ….. श्रीमान वैदेशिक रोजगारीमा गएपछि घरपरिवार धानेर बसेका महिलालाई समाजले अनेक लाञ्छना लगाउँछ । ‘श्रीमानको कमाई कुम्लाएर श्रीमती पोइल जान्छन्’, ‘वैदेशिक रोजगारीले परिवार भाँडियो’ जस्ता भनाइ जताततै सुन्न पाइन्छ । श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको बाह्य सम्बन्धका बारेमा पनि खुब चर्चा सुनिन्छ ।

वैदेशिक रोजगारीमा गएकाहरूले यस्ता चर्चाकै कारण आफ्ना श्रीमतीमाथि अनावश्यक शंका गरेकैले पारिवारिक बेमेल हुने गरेको छ । समाजका अगुवा र जाने बुझेकैहरुले श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरूलाई अति सामान्य रूपमा टिप्पणी गर्दा समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणै गलत स्थापित भइरहेको छ । श्रीमान् विदेशमा भए पनि घरपरिवार धानेर बसेका महिलाको चरित्रमाथि प्रश्न उठ्ने गरेको छ । तर, यथार्थ त्यस्तो छैन ।

श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको तुलनामा श्रीमती वैदेशिक रोजगारीमा गएका पुरुषहरूले बढी दोस्रो विवाह गर्ने गरेको पाइएको छ । सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीको पार्श्वचित्र बनाउनको लागि संकलन गरेको तथ्यांकअनुसार महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ ।

पाँचथर, भोजपुर मोरङ र सुनसरी जिल्लाको एक÷एक पालिकाको तथ्यांक महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ । चार जिल्लाको तीन हजार तीन सय ९२ घरपरिवारका चार हजार तीन सय ८७ पुरुष र पाँच ३१ महिला हाल वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा रहेका चार हजार तीन सय ८७ पुरुषमध्ये एक हजार दुई सय २५५ पुरुष विवाहित छन् ।

हाल वैदेशिक रोजगारीमा रहिरहेका एक हजार दुई सय ५५ पुरुषका ४५ जना श्रीमतीले दोस्रो विवाह गरेका छन् । दोस्रो विवाह गर्नेमा ३ प्रतिशत महिला मात्रै छन् । वैदेशिक रोजगारीमा पाँच सय १३ जनामा एक सय ६० विवाहित छन् । एक सय ६० जना वैदेशिक रोजगारीमा रहेका विवाहित महिलाको ५४ पुरुषले दोस्रो विवाह गरेको सुरक्षित आप्रवासन परियोजनाको तथ्यांक छ । दोस्रो विवाह गर्ने ३४ प्रतिशत पुरुष छन् ।

यस्तै इलाममा पनि दोस्रो विवाह गर्नेमा महिलाको तुलनामा पुरुष नै बढी छ । वैदेशिक रोजगारीसम्बन्धी पार्श्वचित्र तयारीको लागि संकलित तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने महिला १ दशमलव ७७ प्रतिशत मात्रै छन् भने श्रीमती वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने पुरुष १३ प्रतिशत रहेको सुरक्षित आप्रवासन परियोजनाले जानकारी दिएको छ ।

इलाम नगरपालिका क्षेत्रमा एक हजार चार सय १५ परिवारका एक हजार दुई सय ३७ पुरुष र दुई सय दुईजना महिला वैदेशिक रोजगारीमा छन् । एक हजार दुई सय ३७ मध्ये आठ सय ७९ जना पुरुष र दुई सयमध्ये एक सय ३६ महिला विवाहपछि वैदेशिक रोजगारीमा गएका हुन् । एक सय ३६ महिलाको २६ जना पुरुषले श्रीमती विदेश गएपछि दोस्रो विवाह गरेका छन् ।

आठ सय ७९ पुरुषको २२ जना श्रीमतीले दोस्रो विवाह गरेको सामी परियोजनाको कार्यक्रम अधिकृत रामकुमार कर्णले जानकारी दिनुभयो । कलंक महिलालाई लाग्ने भए पनि यथार्थमा भने अर्कै अवस्था रहेको कर्णले बताए । ‘धेरै आक्षेप महिलालाई लाग्ने गरेको छ, तर यथार्थ अर्कै छ’, कार्यक्रम अधिकृत कर्णले भन्नुभयो, यसले महिलाहरूले अनावश्यक तनाव खेप्नु परेको । हाम्रो पितृसत्तात्मक सोचका कारण महिलाले आक्षेप भोग्नु परेको हो ।’

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.