Sunday , May 22 2022
Breaking News
Home / समाचार / अब ६०० दिनसम्म विद्यालय बन्द हुने भएपछि विद्यार्थीको भविष्य डामाडोल

अब ६०० दिनसम्म विद्यालय बन्द हुने भएपछि विद्यार्थीको भविष्य डामाडोल

प्रि–स्कुल अनलाइन सुरु गर्दा धरिनी माथुरका छोरा चार वर्षका थिए । ६०० दिनपछि पनि उनी अझै पनि कम्प्युटरको स्क्रिनमा भर्चुअल कक्षा लिइरहेका छन् । उनको कक्षाका साथी र गुरुहरूसँग अहिलेसम्म भौतिक सम्पर्क छैन ।

कोभिड महामारीका कारण कक्षा कोठा बाहिर अध्ययन गर्ने नयाँ दिल्लीका ४० लाख बालबालिकाहरूमध्ये उनी एक हुन्माथुरका अनुसार जारी विद्यालय बन्दले बालबालिकाको सिकाइ क्षमतामा गम्भीर असर गरेको छ

हाम्रा साना बालबालिकाहरू विद्यालय बाहिर छन् । विद्यालयमा बालबालिकाबीच छलफल हुन सकेको छैन,’ माथुर भन्छिन् ।देशव्यापी महामारी फैलिएपछि दिल्ली सरकारले मार्च २०२० मा विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर, बन्द विद्यालय अझै पूर्णरुपमा खुलेका छैन ।

यसलाई विश्वकै सबैभन्दा लामो समयसम्म बन्द भएको विद्यालय मानिएको छ । लामो समयसम्म भौतिक रुपमा सिकाइ नहुँदा गरिबी बढाउने, आय क्षमता घटाउने र लाखौं मानिसहरूमा मानसिक तथा शारीरिक पीडा थपिने चिन्ता बढेको छ ।

दिल्लीमा मात्र न्यून आय भएका अभिभावकका हजारौं बालबालिका छन्, जसले अनलाइन पढ्न ल्यापटपको व्यवस्था गर्न सक्दैनन् ।भिडभाड र प्रदूषित वातावरणमा बस्ने उनीहरू शिक्षाबाट बञ्चित हुने खतरा बढेको छ ।विद्यालय पुनः खोल्न माग गर्दै अगस्टमा माथुरले राज्य सरकारविरुद्ध उजुरी दिएकी थिइन् । झन्डै ६ महिनापछि यसै साता विद्यालय खोल्ने विषयमा दिल्लीका अधिकारीहरूले बैठक आयोजना गरेका थिए ।

महामारीविरोधी कदमलाई सहज पार्ने, सप्ताहन्त बिदामा कर्फ्यू हटाउने र सरकारी कार्यलय खोल्ने निर्णय भए पनि बैठकमा विद्यालय खोल्ने विषयमा कुनै निर्णय हुन सकेको थिएन ।‘विद्यार्थीका लागि जोखिम भएकोले हामीले विद्यालय बन्द गर्‍यौँ । तर, अत्यधिक सावधानीले हाम्रै बालबालिकालाई असर गरेको छ,’ दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोड भन्छन् ।

एसियाकै लामो समयसम्म विद्यालय बन्द : विद्यालय बन्दको सवालमा भारत युगान्डापछि दोस्रो देश हो । राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार मार्च २०२० देखि अक्टोबर २०२१ सम्म भारतमा ८२ साता अर्थात ५७४ दिन विद्यालय बन्द भएको छ । युगान्डामा ८३ सातासम्म विद्यालय बन्द भएको थियो

About admin

Check Also

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन …

Leave a Reply

Your email address will not be published.