Monday , June 27 2022
Breaking News
Home / समाचार / लकडाउन भए पनि एसइइ(SEE) हुने मिति तोकियो

लकडाउन भए पनि एसइइ(SEE) हुने मिति तोकियो

काठमाडौं, पुष २५। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो ।

नियमित तालिकाअनुसार परीक्षा चैतमा एसईई हुने गर्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा गर्ने गरी तयारी भइरहेको छ ।

कोरोना महामारीका कारण दुई वर्षयता देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको थियो । गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.