Wednesday , May 18 2022
Breaking News
Home / समाचार / आज दिनभरि नै नेपाल टेलिकमले निशुल्क कल सेवा, तपाईंले प्रयोग गर्नुभयो त?

आज दिनभरि नै नेपाल टेलिकमले निशुल्क कल सेवा, तपाईंले प्रयोग गर्नुभयो त?

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १८औं वार्षिकोत्सवको अवसर पारेर २४ सै घण्टा भीओएलटीई कल फ्री को अफर ल्याएको छ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले शनिवार वार्षिकोत्सवको मनाउँदै छ।

एक दिनका लागि मात्र लागू हुने यो भीओएलटीई अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ। माघ २२ गते एक दिन भीओएलटीई सेवा प्रयोगमा कुनै शुल्क लाग्नेछैन् । भीओएलटीई सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने छ।

साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ। निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरिने कलमा मात्र लागू हुने जनाइएको छ। साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी डाटा प्याक अफर पनि ल्याएको छ।

यो पनि हेर्नुस्- तपाईँको फोनमा यो सुबिधा छ कि छैन् हेर्नुस् सूची! नेपाल टेलिकमले केहि समयअघिदेखि फोरजी भीओएलटीई सेवा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराईरहेको छ। कम्पनीले गएको जेठदेखि शुरु गरेको भीओएलटीई सेवामा हजारौं ग्राहकहरु जोडिएका छन्।

सन् २०१२ मा पहिलोपटक अमेरिकाको ड्यालसमा मेट्रोपीसीएसले भ्वाइस ओभर एलटीई (भीओएलटीई) तथा यो सपोर्ट गर्ने एलजी कनेक्ट फोरजी फोन सार्वजनिक गरेपछि यो बिस्तारै दूरसञ्चार क्षेत्रमा लोकप्रिय हुँदै आएको हो।

भोल्टेसमेत भनेर चिनिने यसले एलटीई नेटवर्कमा उच्च गतिको भ्वाइस र डाटालाई व्यवस्थापन गर्दछ। भीओएलटीई एलटीईभन्दा अझै केही कदम अगाडि छ जसले इन्टरनेटको गति, कनेक्टिभिटी, ब्याट्री लाइफ तथा कल सेटअप टाइमको सेवा एलटीले अझ गुणस्तरीय दिन्छ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ।

टेलिकमले हाल भीओएलटीई सेवा प्रयोग गर्न सकिने डिभाइसहरुको सूची पनि थप गरिरहेको छ। जसले ग्राहकहरुलाई फोरजीमा भीओएलटीई सेवा चलाउन सहज बनाएको छ।

एचडी भ्वाइस र एलटीई डाटाको एक साथ प्रयोग हुनेछ। अर्को भीओएलटीई इनेबल डिभाइसलाई कल गर्दा हाइ डेफिनिसन ध्वनि गुणस्तर पाईनेछ। यसका साथै यसमा छिटो कल सेटअप हुने र थप नवीन सलुसनहरू उपलब्ध हुनेछ।

यी हुन सपोर्ट गर्ने सेटहरु सामसङ ग्यालेक्सी एम ०१एस, ग्यालेक्सी एम०२, ग्यालेक्सी एम ०२एस, ग्यालेक्सी एम११, ग्यालेक्सी एम१२, ग्यालेक्सी एम२१, ग्यालेक्सी एम३०एस, ग्यालेक्सी एम३१, ग्यालेक्सी ए१२, ग्यालेक्सी ए५१, ग्यालेक्सी एस५२, ग्यालेक्सी एस७०, ग्यालेक्सी ए७०एस, ग्यालेक्सी ए७१,

ग्यालेक्सी नोट १० लाइट, ग्यालक्सी एस१०, ग्यालेक्सी एस१० प्लस, ग्यालक्सी एस१०ई,

ग्यालेक्सी एस२०, ग्यालेक्सी एस२० प्लस, ग्यालेक्सी एस२० अल्ट्रा, ग्यालेक्सी एस२० एफई, ग्यालेक्सी एस२१, ग्यालेक्सी एस२१ प्लस, ग्यालेक्सी एसन२१ अल्ट्रा,

ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालक्सी नोट २०, नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २

शाओमी रेडमी ८ए, रेडमी नोट ९ प्रो, रेडमी नोट ७ प्रो, रेडमी नोट १० प्रो, रेडमी ९ सी, रेडमी ९ ए, रेडमी ९ प्राइम,रेडमी ८,रेडमी ७, पोको एफ १, एमआई नोट१० लाइट, एमआई १०

नोकिया नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४, नोकिया जी २०, नोकिया १.४, नोकिया जी १०

आईफोन मोडल आईफोन ६, आईफोन ६एस, आईफोन ६एस प्लस, आईफोन ७, आईफोन ७ प्लस, आईफोन ८, आईफोन ८ प्लस, आईफोन एसई, आईफोन एक्स, आईफोन एक्स आर, आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स, आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो, आईफोन १२ प्रो म्याक्स

जेडटिई जेडटिई ब्लेड ए ५१, जेडटिई ब्लेड भी ३०, जेडटिई ब्लेड ए ७१

ओपो ओपो एफ १९ र ओपो ए १६

भीभो भीभो वाई५१, भीभो वाई २०, भीभो वाई २०एस,

वनप्लस वनप्लस सीई भीओएलटीई सपोर्ट गर्नका लागि तपाईँसँग फोरजी सिम हुनुपर्नेछ भने तपाईँ फोरजी नेटवर्क भएको स्थानमा हुनुपर्नेछ । फोरजी सिम छैन भने तपाईँले नजिकैको टेलिकम कार्यालयबाट नयाँ सिम साट्नसक्नुहुनेछ ।

भीओएलटीई प्रयोग गर्नका लागि दुबै प्रयोगकर्ताहरुसँग सपोर्ट गर्ने सेट हुनु आवश्यक छ । नत्र भने त्यसमा ‘डाउनफल’ हुने र एकतर्फ एचडी क्वालिटीको भिडियो आउने तर अर्को तर्फ नआउने हुनसक्दछ ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.